काठमाडौं । गायक मिलन लामा र गायिका ज्ञानु परियारको स्वर रहेको नयाँ गीत ‘पतन्जलीको’ सार्वजनिक भएको छ।
शब्द तथा संगीत मिलन लामाकै रहेको उक्त गीत बिहीबार ११ जुन २०२६ मा दीप गुरुङ अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । संगीत संयोजन राजु सुनामले गरेका छन्।
गीतको भिडियो दीप गुरुङको निर्देशनमा तयार गरिएको छ। भिडियोमा मिलन लामा, एन्सर्ज गुरुङ, दीपशिखा गुरुङ र सोनाम लामाको अभिनय रहेको छ। सोनाम लामाले कोरियोग्राफी गरेको भिडियोको छायांकन विजय लामाले गरेका हुन्।
भिडियोको सम्पादन तथा रंग संयोजन पदम सुवेदीले गरेका छन् भने मेकअप कलाकारको रूपमा सक्षम पुडासैनी रहेका छन्। भिडियोको पोस्ट–प्रोडक्सन दीप फिल्म्स प्रोडक्सनले गरेको छ।
सार्वजनिक गीत तथा भिडियोले दर्शक तथा श्रोतामाझ राम्रो प्रतिक्रिया पाउने निर्माण पक्षले विश्वास व्यक्त गरेको छ।






