काठमाडौँ । चर्चित सेफ सन्तोष साह पक्राउ परेका छन् ।
साहलाई बैंकिङ कसुर मुद्दामा प्रहरीले शुक्रबार धनुषाको जनकपुरधाम उपमहानगरपालिपका–८ रमानन्द चोकबाट पक्राउ गरेको हो ।
गैरीधारास्थित एक रेष्टुरेन्ट खरिद गर्दा पूरा रकम नदिएपछि सकुन्तला अधिकारी (थापा)ले सेफ साहविरुद्ध मुद्दा दायर गरेकी थिइन् । जिल्ला अदालतबाट बैंकिङ कसुरमा पक्राउ पुर्जी जारी भएपछि प्रहरीले साहसहित सिराहाकै कर्जन्हा नगरपालिका ९ का ५८ वर्षीय नारायण साह सुडीलाई पक्राउ गरेको जनाएको छ ।






