काठमाडौँ । लोकप्रिय गायिका विष्णु माझी र गायक बाबुकृष्ण परियारको आवाज नयाँ गीत “झोर्ले हजुर” सार्वजनिक भएको छ । उक्त गीत शनिबार (जेठ ३०) गायक बाबुकृष्ण परियारको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
गीतको शब्द चर्चित गीतकार रमेश बिजीले लेखेका हुन् भने सङ्गीत गायक बाबुकृष्ण परियारले नै तयार पारेका हुन्। गीतको संगीत संयोजनको काम श्यामश्वेत रसाइलीले गरेका छन् । म्युजिक भिडियोमा गायक बाबुकृष्ण परियार र मोडल सुजैन सिंह खड्काको आकर्षक नृत्य तथा अभिनय देख्न सकिन्छ । डिजिटल बजारमा रुचाइएका निर्देशक मौसम हिमालीको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको यस भिडियोलाई बुद्ध थापाले छायांकन र अमृत चापागाईंले सम्पादन गरेका हुन् ।






