९ औं राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता-२०८३ नुवाकोटमा सम्पन्न

SHARE:

काठमाडौं । ९ औं राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता-२०८३ नुवाकोटमा सम्पन्न भएको छ ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको आयोजनामा जेठ २९, ३० र ३१ गते विदुर-४, नुवाकोटको इमल प्रशिक्षण केन्द्रमा राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता भएको हो । कार्यक्रम बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुर सिङ लामाको प्रमुख आतिथ्यमा उद्घाटन समारोह तथा विदुर नगरपालिकाका नगर प्रमुख राजनलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा समापन समारोह भएको थियो ।

प्रतियोगितामा यो वर्षको रनिङ शिल्ड विजेता प्रतिष्ठान उपत्यका समन्वय समिति (ख)बाट निशान्त विक र संगीना थापा मगर बने । कडा प्रतिस्पर्धामार्फत द्वितीय प्रतिष्ठान बागमती प्रदेश (क)का सरोज सिंखडा र जमुना विश्वकर्मा, मानव रावत क्षेत्री र भावना अर्याल प्रतिष्ठान मधेश प्रदेश (क)का तृतीय भए । सान्त्वना स्थान प्रतिष्ठान लुम्बिनी प्रदेश (ख) बाट राजमान खत्री र शान्ता वलीले हासिल गरे ।

प्रतिष्ठान बागमती प्रदेश (ख)बाट उत्कृष्ट गायक राजु लामिछाने, प्रतिष्ठान उपत्यका समन्वय समिति (क)बाट उत्कृष्ट गायिका जमुना सुनार, प्रतिष्ठान सुदूरपश्चिम प्रदेश (ख)बाट उत्कृष्ट नवगायक बिक्रम गहतराज, प्रतिष्ठान कर्णाली प्रदेश (ख)बाट उत्कृष्ट नवगायिका शितल कल्पना विक, प्रतिष्ठान मधेश प्रदेश (ख)बाट अनुशासित गायक बेलबहादुर परियार, प्रतिष्ठान चण्डीगढबाट अनुशासित गायिका शान्ति कार्की बने ।

प्रतिष्ठान युकेबाट उत्कृष्ट भेषभूषा (पुरुष) प्रितम पोखरेल, प्रतिष्ठान कोशी प्रदेश (क) बाट उत्कृष्ट भेषभूषा (महिला) सीता माझी बनेका लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगरले जानकारी दिइन् ।

सल्लाहकार उज्ज्वलजंग ठकुरी, संस्थापक अध्यक्ष अम्बर बिरही गुरुङ, पूर्वअध्यक्ष प्रजापती पराजुली, दुर्गा रायमाझी, पुरुषोत्तम न्यौपाने, चन्द्र शर्मा एवम् बद्री पंगेनीलगायतको ठूलो मद्दतले कार्यक्रम सम्पन्न गराउन पाउँदा अत्यन्तै हर्षित लागेको अध्यक्ष थापाले बताइन् ।

सल्लाहकार नारायण रायमाझी, कृष्ण कँडेल, आर.सी कोईराला, शान्ति गुरुङ, संस्थापक सचिव तेजबहादुर केसी, संस्थापक कोषाध्यक्ष शान्ता न्यौपाने, संस्थापक सदस्य हरि न्यौपाने, शिवु गिरी, कृष्ण गुरुङ, पूर्वकेन्द्रीय सदस्य शर्मिला गुरुङ, पबित्रा घर्ती, शिला आले, पार्वती जिसी, राजु परियार, मञ्जु पौडेल, श्रीराम अधिकारी, सागर गुरुङ, अग्रज गायिका लक्ष्मी सुवेदीलगायतको उपस्थिति थियो।

अध्यक्ष थापामगरले सम्पूर्ण प्रदेश तथा समन्वय समितिका अध्यक्षहरु, जिल्ला अध्यक्षहरु, विदेश विभागका अध्यक्षहरु एवम् विभिन्न प्रदेश वा जिल्ला कार्यसमितिका साथीहरुको बाक्लो उपस्थिति रहेको उल्लेख गरिन् ।

सह-आयोजकको रुपमा रहेर बागमती प्रदेश र स्थानीय व्यवस्थापनमा रहेर प्रतिष्ठान नुवाकोटले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै अध्यक्ष बालकुमार मल्ल, सन्तोषी कार्कीलगायत कार्यसमितिका सम्पूर्ण साथीहरुलाई आभार व्यक्त गरिन् ।

प्रमुख संरक्षकको रुपमा रहेर बागमती प्रदेश, संस्कृति तथा पर्यटन मन्त्रालय, संरक्षकको रुपमा रहेर विदुर नगरपालिका एवं टोखा नगरपालिका, प्रवर्द्धकको रुपमा रहेर नुवाकोट उद्योग वाणिज्य संघ, मुख्य सहयोगी संस्थाकको रुमा रहेर नुवाकोट निर्माण व्यवसायी संघ, द्वितीय पुरस्कार सौजन्य गर्ने प्रतिष्ठान यूके, तृतीय पुरस्कार सौजन्य गर्ने विन्ध्यबासिनी म्यूजिक प्रा.ली एवम् सन्त्वना पुरस्कार सौजन्य गर्ने सुश्मिता जि. विश्व, मानार्थ सदस्यता लिएर सहयोग गर्ने मानार्य सदस्यहरु, बेलकोटगढी नगरपालिका, लिखु गाउँपालिका, वेनिघाट रोराङ गाउँपालिका धादिङ, विदुर नगरपालिका वडा न.४, टोखा नगरपालिका वडा न. ७ लगायत सम्पूर्ण सहयोगी हृदयका लोकसङ्गीत एवम् प्रतिष्ठानलाई प्रेम गर्ने सबैलाई आभार व्यक्त गरिन् ।

निवर्तमान अध्यक्ष रमेश बि.जी, मुल समारोह सह-संयोजकको रुपमा रहेर साथ दिने उपाध्यक्ष दिपक खड्का, उपसंयोजक उषा सुवेदी, कार्यक्रम संयोजक जीवन दाहाल, सह-संयोजक भरत बराकोटी, साँस्कृतिक संयोजक वरिष्ठ उपाध्यक्ष पशुपति शर्मा, शिरीष देवकोटा, अतिथि व्यवस्थापन गर्ने उपाध्यक्ष सुवास केसी, खाना र मनोरञ्जनको कक्टेल प्रदान गर्ने उपाध्यक्ष रमेशराज भट्टराई, आवास व्यवस्थापन गरिदिने संयोजक कृष्ण रेउली, उपाध्यक्ष राधिका हमाल, पूर्णकला बिसी, राजु ढकाल, शिव हमाल, देवी घर्ती, दिपक गरौंजा मगर, शंकर विरही गुरुङ, घनश्याम रिजाल, अमृत अधिकारी, तारानाथ आचार्य, सीता राना, राजकुमार रायमाझी, जुना श्रीष, कुमार पुन, दिनेश काफ्ले, डिल्ली नारायण पाण्डे, कृष्ण गौतम, सुजन लम्साल, कुशल वेलबासे, कुमार राना, प्रेम शर्मा उपस्थित भएर साथ दिने उपाध्यक्ष खुमन अधिकारी, उपाध्यक्ष पुश्कल शर्मा, उपाध्यक्ष कुलेन्द्र विश्वकर्मा, उपमहासचिव हरि डाँगी, सह-कोषाध्यक्ष सम्झना लामिछाने, केन्द्रीय सदस्य खेम सञ्चुरी, प्रकाश भट्ट, मनमाया वाइबा, स्मृति तिमिल्सिना, जालुमायाँ गुरुङ, सुशीला गौतमहरुमा पनि उनले आभार व्यक्त गरेकी छन् ।

यस्तै सञ्चारकर्मी, नुवाकोट उद्योग वाणिज्य संघ, नुवाकोट निर्माण व्यवसायी संघ, बुद्धिजीवी, सुरक्षाकर्मी, सरोकारवाला संघसंस्था, क्लब, आमा समूह एवम् सम्पूर्ण नुवाकोटवासीहरुमा पनि आभार व्यक्त गरेकी छन् ।

तस्बिर : रिता थापा मगर

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!