बेलायत आइन् चर्चित लोकदोहोरी गायिका शर्मिला गुरुङ

SHARE:

लन्डन । चर्चित लोकदोहोरी गायिका तथा तमु गुरुङ कलाकार संघको निवर्तमान अध्यक्ष शर्मिला गुरुङ बेलायत आएकी छन् ।

सांगीतिक कार्यक्रमका लागि गायिका गुरुङ बिहीबार बेलायत आएकी हुन् । उनलाई हिथ्रो एयरपोर्टमा चन्द्र गुरुङ, प्यारी आले, रिता गुरुङ, ‘कौरा किङ’ दुर्गा गुरुङ, सुशील गुरुङ, माया गुरुङ, कृष्ण गुरुङ, गणेश गुरुङलगायतले स्वागत गरे । उनले स्वागत गर्न पुगेकाहरुप्रति भनिन्, ‘माया र सद्भावका लागि धेरै धेरै आभार व्यक्त गर्न चाहन्छु । म युकेमा सकुशल आइपुगेको जानकारी गराउन चाहन्छु ।’

उनले थपिन्, ‘लोकदोहोरी पारखी युकेवासी नेपाली बाबाआमा, दाजुभाइ तथा दिदीबहिनीहरुलाई मेरो साङ्गीतिक कोसेलीहरु पनि पस्काउने जमर्को गर्ने छु । यदी हजुरहरुलाई नजिकको पाई पर्छ भने आइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु ।’

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!