लन्डन । नेपालकी एरिका गुरुङले २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा शुक्रबार नेपाललाई कास्य पदक दिलाएकी छिन् ।
इन्डोनेसियाको बालीमा भइरहेको प्रतियोगितामा एरिकाले महिला ६८ किलो माथिको तौलसमूहमा नेपाललाइ कास्य पदक दिलाएकी प्रशिक्षक कुशल श्रेष्ठले जानकारी दिए ।
प्रतियोगितामा एरिकाले काजकिस्तानकी ताइसिया उल्टेलबायभालाई ११–२ अङ्कले हराइन् । यसअघि पहिलो चरणमा ‘वाइ’ पाएकी एरिकाले दोस्रो चरणमा भारतकी जोनी माङखियालाई ८–० अङ्कले हराउँदै सेमिफाइनलमा स्थान बनाएकी थिइन् ।






