अल्डरशटमा ८ औँ मोना भलिबल प्रतियोगिता सम्पन्न: महिला र भेट्रान्समा मोना यूके तथा पुरुषतर्फ बागलुङ विजयी

SHARE:

बेलायत अल्डरशट, २१ जुन २०२६।

बेलायतको अल्डरशटस्थित बरली युनाइटेड फुटबल क्लबको खेल मैदानमा हिजो शनिबार २० जुन २०२६ का दिन ८ औँ मोना भलिबल प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगितामा बेलायतका विभिन्न क्षेत्रबाट आमन्त्रित नेपाली समुदायका टिमहरूले उत्साहजनक सहभागिता जनाएका थिए।

मोना अन्तर्राष्ट्रिय कार्यसमितिका उपाध्यक्ष किसन जिसी प्रमुख अतिथि रहनुभएको उक्त प्रतियोगितामा महिला, पुरुष र भेट्रान्स (पाका खेलाडीहरू) गरी तीन फरक विधामा प्रतिष्पर्धा गराइएको थियो।

१. महिलातर्फ:
महिला विधाको फाइनल खेलमा बेजिङस्टोकलाई पराजित गर्दै घरेलु टिम मोना युकेले विजेता बन्न सफल भयो भने बेजिङस्टोक महिला टिम उपविजेतामा चित्त बुझाउन बाध्य भयो।

उत्कृष्ट खेलाडीहरू यस प्रकार छन् :
बेस्ट प्लेयर: मनिषा तामाङ (मोना युके)
बेस्ट हिटर: रेशम गर्बुजा (मोना मोना युके)
बेस्ट ब्लकर: विविका बलामी (बेजिङस्टोक)
बेस्ट सेटर: ज्योति गुरुङ (मोना युके )
बेस्ट लिबेरो: अरिका पुन (बेजिङस्टोक)

२. भेट्रान्सतर्फ:
४० वर्षभन्दा माथिको भेट्रान्स विधामा पनि मोना युकेले नै बाजी मरेको छ। फाइनल खेलमा स्याङ्जालाई हराउँदै मोनाले उपाधि आफ्नो पोल्टामा पार्यो भने स्याङ्जा उपविजेता बन्यो।

उत्कृष्ट खेलाडीहरू यस प्रकार छन् :
बेस्ट प्लेयर: सन्तोष गुरुङ (स्यांग्जा) र ओम तिलिजा (मोना युके)
बेस्ट हिटर: रेशम गर्बुजा (मोना युके)
बेस्ट ब्लकर: लक्ष्मण गर्बुजा (मोना युके)
बेस्ट सेटर: रुद्र राना (मोना युके)
बेस्ट लिबेरो: चुन गुरुङ (स्यांग्जा)

३. पुरुष मेन तर्फ:
कडा प्रतिष्पर्धात्मक पुरुषतर्फको खेलमा बागलुङले उपाधि चुम्न सफल भयो। फाइनल खेलमा बागलुङले स्याङ्जालाई पराजित गरेको हो। स्याङ्जा यस विधामा पनि उपविजेता बन्यो।

उत्कृष्ट खेलाडीहरू यस प्रकार छन् :
बेस्ट प्लेयर: शङ्कर थापा (बागलुङ)
बेस्ट हिटर: तिलक मगर (बागलुङ)
बेस्ट ब्लकर: मदन भण्डारी (स्यांग्जा)
बेस्ट सेटर: कृष्ण गाहा (स्यांग्जा)
बेस्ट लिबेरो: पदम पुन (बागलुङ)

छेलो प्रतियोगिता
परम्परागत खेललाई संरक्षण गर्ने उद्देश्यका साथ आयोजित ‘छेलो हान्ने’ प्रतियोगितामा बसन्त आले विजेता घोषित भएका छन् ।

खेलको समापन समारोहमा प्रमुख अतिथि किसन जिसी लगायतका अतिथिहरूले विजयी टिम तथा विधागत रूपमा उत्कृष्ट भएका खेलाडीहरूलाई ट्रफी, मेडल र प्रमाणपत्र वितरण गर्नुभएको थियो। बेलायतमा नेपाली खेलकुद र भ्रातृत्वलाई प्रवर्द्धन गर्न यो प्रतियोगिता कोशेढुङ्गा साबित भएको आयोजकले जनाएको छ।

खेलको समापन तथा पुरस्कार वितरण समारोहमा स्थानीय बेलायती प्रशासन र नेपाली समुदायका प्रतिष्ठित व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा विशेष अतिथिका रूपमा निम्न महानुभावहरू उपस्थित थिए:

प्रेम गाहा मगर (अध्यक्ष, एनआरएनए युके )
काउन्सिदर सोफी पोर्टर (Deputy Leader of Rushmoor Borough Council)
काउन्सिलर केन ट्रान्न्टर (County Councillor)
काउन्सिलर केभिन बेट्सवर्थ (County Councillor)
काउन्सिलर जीब बेल्बासे (Deputy Mayor)
काउन्सिलर उत्तर गुरुङ
हितमान गुरुङ (संरक्षक एनआरएनए युके)

उक्त कार्यक्रममा नेपालवाट बेलायत आएका चर्चित कलाकारहरु ललिता पुन मगर, गोबिन्द पुन मगर, निरुता पुन मगर, सरिष्मा राम्जाली मगर र कुमारी चेपाङ र धौलागिरी नौमती वाजा लगायत स्थानीय कलाकारहरुले आ-आफ्नो प्रस्तुति प्रस्तुत गरेर उपस्थित दर्शक हरुलाई मनोरंजन दिएका थिए।

कार्यक्रमलाई सभ्य र भव्य बनाउन उपस्थिति पाहुनाहरू मोना अन्तर्राष्ट्रिय कार्यसमितिका पूर्व अध्यक्ष योगेन क्षेत्री, मगर संघ यूकेकी निवर्तमान अध्यक्ष सिता पुन, उपाध्यक्ष गुमान सिंह थापा, गुरुङ समाज केन्टका अध्यक्ष गोलमान गुरुङ, मेजर खड्क बहादुर गुरुङ (QGE) तथा पूर्व काउन्सिलर प्रबेश केसी लगायतको उपस्थिति रहेको थियो।

समापन समारोहमा मोना युकेका अध्यक्ष पदम सुन्दर गर्बुजा मगरले प्रमुख अतिथि किसन जिसी तथा उपस्थित विशिष्ट अतिथिहरूले विजयी टिमहरूलाई ट्रफी, मेडल र प्रमाणपत्र वितरण गर्दै खेलाडी, कलाकारहरूलाई बधाई तथा शुभकामना दिनुभएको थियो। बेलायतमा नेपाली मौलिक खेलकुदको प्रवर्द्धन र आपसी भ्रातृत्व बढाउन यो प्रतियोगिता निकै सफल रहेको अध्यक्ष गर्बुजाले जनाए।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!