योजना आयोगको उपाध्यक्षमा अर्थविद कँडेल

SHARE:

काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा.पुष्प कँडेल नियुक्त भएका छन् । मन्त्रिपरिषदको मंगलवार विहान बसेको बैठकले काडेललाई नियुक्त गरेको हो ।

नेकपा एमालेका केन्द्रीय लेखापरीक्षण आयोगका अध्यक्ष समेत रहेका कँडेल अर्थविद हुन् । उनले त्रिभुवन विश्वविद्यालयमा अध्यापनसमेत गरेका थिए ।

एमालेभित्र लो प्रोफाइलमा रहेर हाइप्रोफाइल पदमा पुगेका कँडेल स्थायी कमिटीका पदेन सदस्य हुन् । २०२६ सालदेखि झापाली क्रान्तिकारी समूहसँग निकटताबाट कम्युनिस्ट राजनीतिमा लागेका कँडेल एमालेमा राजकीय अवसर नपाएका नेतााका रुपमा चिनिन्छन् ।

२०१२ साल भदौ १५ गते धादिङ जिल्ला बेनिघाट-१, रिचोकटारमा जन्मिएका कँडेलले दिल्ली स्कूल अफ इकोनोमिक्सबाट कर्पाेरेट ट्याक्सेसन एण्ड इनभेष्टमेन्ट बिहेवियर इन नेपाल विषयमा विद्यावारिधी गरेका हुन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!