अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको अध्यक्षमा क्यानडाबाट सुरेन उप्रेतीको उम्मेदवारी

SHARE:

लन्डन । क्यानडावासी सुरेन उप्रेतीले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

समाजको केन्द्रीय पदाधिकारीहरूका लागि निर्वाचन आउँदो जुलाई ७ र ८ मा हुने निर्वाचनका लागि उप्रेतीले अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् । उनी विगत चारदशक देखि साहित्य सिर्जना र सङ्गठन निर्माणमा निरन्तर लाग्दै आएका छन् । धेरै ऐतिहासिक कार्यहरू गर्नुपर्ने रहेकाले आफूलाई आउँदो निर्वाचनमा अनमोल भोट दिएर विजय उनले अनुरोध गरेका छन् ।

यस्तो छ उप्रेतीको परिचय

क्यानडामा २००४ मा अनेसास स्थापना गरी संस्थापक अध्यक्ष २०१० सम्म

२००६ देखि २००८ अनेसास केन्द्रीय महासचिव । प्राध्यापक मोहन सिटौलाको अध्यक्षतामा काम गरेको ।

क्यानडामा २००३ देखि २००७ सम्म नेपाली भाषा पाठशालामा काम गरेको ।

२००६ मा प्रतियोगितात्मक कविता गराई प्राप्त कविताहरूलाई कविता क्यालेण्डर बनाई घरघर पुर्याएको ।

तिहारमा देउसी भैलो खलेर, आर्थिक सङ्कलन गरी कथा प्रतियोगिता कविता प्रतियोगिता गराएको । नेपाली पाठशालालाई ल्यापटप किनिदिएको ।

प्रतिध्वनित साहित्यिक सँगालो भाग १ र भाग २ प्रकाशन गरेको ।

प्रवासमा नेपाली शिक्षा भाग १ मा १ देखि ४ र भाग २ मा ५ देखि ८ कक्षा सम्मको पाठ्यपुस्तक तयार गरेको ।

अनेसासको केन्द्रीय बाल समितिको संयोजक भएर २०२४ २०२६ मा काम गरेको । सो अवसरमा नौ वटा देशका बालबालिकालाई कविता लेख्न लगाइ कविता क्यालेण्डर प्रकाशन गरेको ।

विश्वभरका बालबालिकाहरूलाई कविता वाचन गराई १६६ जना बालबालिकाको कविता सङ्ग्रह धराका सितारा प्रकाशन गरेको ।

आफ्ना दर्जन भन्दा बढी पुस्तकका साथ , अन्तरदेशीय कथा सङ्ग्रह, डिस्टेन्स सन रेज, डायस्पोरामा नेपाली संस्कृति र सम्पदा, सम्झनामा कृष्णप्रकाश श्रेष्ठ, संस्कृतिको सिरानी जस्ता ऐतिहासिक पुस्तक प्रकाशनको सम्पादन मण्डलमा महत्व पूर्ण योगदान पुर्‍याएको छु ।

एएनए कन्भेन्सन २०२५ क्यालगरीमा अनेसासको कार्यक्रममा संयोजक भएर ऐतिहासिक कार्यक्रम गरेको ।

अस्ट्रेलिया र उत्तर अमेरिकाका बालबालिका लाई वक्तृत्व कलामा सहभागी बनाउँदै पुरस्कृत गराएको ।

बालसाहित्यका लेखकहरूलाई प्रोत्साहन गर्न २०७४ देखि पुरस्कारका लागि अक्षय कोष स्थापना गरी हरेक वर्ष एक जनालाई पुरस्कृत गर्दै आएको ।

२०२२ देखि गजुवा हजुरआमा दिवस र नेपाली राष्ट्रिय पोशाक दिवस मनाउन शुरू गरेको

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!