ब्रिटिस गोर्खा वेल्फेयरद्वारा म्याग्दीको बेनीमा २८ लाख ६३ हजार खर्चेर विद्यालय भवन निर्माण

SHARE:

म्याग्दी । बेनी नगरपालिका–२ बगरफाँटमा रहेको सरस्वती आधारभूत विद्यालयमा कक्षाकोठा भवन निर्माण भएको छ । ब्रिटिस गोर्खा वेल्फेयर र विद्यालयको साझेदारीमा अपाङ्गतामैत्री, भूकम्प प्रतिरोधी क्षमताको तीनकोठे एकतले भवन निर्माण भएको हो ।

विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद सुवेदीले २८ लाख ६३ हजार रुपैयाँको लागतमा भवन र शौचालय निर्माण भएको जानकारी दिनुभयो । उहाँका अनुसार ब्रिटिस गोर्खा वेल्फेयरले २४ लाख ७५ हजार रुपैयाँ सहयोग गरेको छ भने बाँकी रकम विद्यालयले श्रमदान र नगद लगानीबाट गरेको छ ।

पुरानो भवन जीर्ण र साँघुरो भएपछि पठनपाठनमा समस्या भएको थियो । नयाँ भवन बनेपछि पठनपाठन सहज भएको छ । प्रअ सुवेदीका अनुसार कक्षा ८ सम्म पठनपाठन हुने विद्यालयमा हाल ५५ जना विद्यार्थी अध्ययनरत छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!