लन्डन । अर्जेन्टिनाले शनिबार जोर्डनविरूद्धको खेलमा ३–१ ले बिजय निकालेको छ । यससँगै अबको खेल अर्जेन्टिना र केप भर्डेबीच नकआउट चरणका लागि हुनेछ ।
खेलको सुवाती समयमा बेञ्चमा रहेका जादुयी अर्जेन्टिनी फुटबल खेलाडी लियोनेल मेस्सीले जोर्डनविरूद्ध गरेको गोलसँगै उहाँ यस विश्वकपमा अहिलेसम्म सबैभन्दा बढी गोल हान्ने व्यक्ति बन्नुभएको छ ।
उत्तर अमेरिकामा चलिरहेको यो विश्वकपको अन्तिम ३२ मा प्रवेश गर्दा मेस्सी अझै पनि गोलकर्ताहरूको शीर्ष स्थानमा छन्।
अर्जेन्टिनाले समूह जे मा पूर्ण ९ अंक जोडेर शीर्ष स्थान हासिल गरेको छ। यसअघि उनीहरूले अल्जेरियालाई ३–० र अस्ट्रियालाई २–० ले हराएका थिए, जसमा सबै गोल मेस्सीले गर्नुभएको थियो ।
डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाका ३९ वर्षीय मेस्सीको टोली कमजोर समूहमा भए पनि निकै बलियो देखिएको छ । धेरै खेलाडी फेरबदल गरिएको अर्जेन्टिनाले पहिलो हाफमा जोभानी लो सेल्सोको फ्री–किक र लाउतारो मार्टिनेजको पेनाल्टीबाट गोल गरेको थियो।
दोस्रो हाफको १० मिनेटपछि मुसा अल–तमारीले जोर्डनका लागि एक गोल फर्काउनुभएको थियो । जोर्डनको यो पहिलो विश्वकप यात्रा पहिल्यै सकिएको थियो।
आजको खेलका लागि अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनीले नौ खेलाडी परिवर्तन गरेका थिए। अस्ट्रियाविरुद्धको जितपछि मात्र गोलकिपर इमिलियानो मार्टिनेज र फरवार्ड लाउतारो मार्टिनेजलाई टिममा राखिएको छ।
जोर्डान अल्जेरिया र अस्ट्रियासँग हारेर पहिल्यै बाहिरिसकेको थियो, त्यसैले यो खेल जितेको भए पनि जोर्डनलाई अगाडि बढाउने सम्भावना थिएन । अर्जेन्टिनाको टोलीमा प्रतिस्पर्धा कडा छ र स्कालोनीले टोलीलाई फ्रान्स र सह–आयोजक मेक्सिकोसँगै ९ अंकसहित टुर्नामेन्टमा राख्न चाहनुहुन्थ्यो ।
अर्जेन्टिनाले सन् १९६२ को ब्राजिलपछि लगातार दुई पटक विश्वकप जित्ने पहिलो टोली बन्ने लक्ष्यका साथ केप भर्डेविरुद्धको खेलअघि ‘सरप्राइज प्याकेज’ दिन चाहन्थ्यो ।






