काठमाडौं । मिस तामाङ समाज नेपाल गठन गरिएको छ ।
मिस तामाङ समाज नेपालको कार्यलाई प्रभावकारी, व्यवस्थित तथा जिम्मेवारीपूर्ण ढंगले सञ्चालन गर्ने उद्देश्यले २०८३ असार १३ गते सफलता थिङ तामाङको अध्यक्षतामा कार्यसमिति गठन गरिएको हो । उपाध्यक्षमा साम्रागी लामा मोक्तान, सचिव रिया लामा, सहसचिव पासाङ याङ्जी लामा र कोषाध्यक्ष
स्मृति तामाङ चयन भए ।
सदस्यहरुमा सिर्जना गोले तामाङ, मोनालिशा तामाङ, स्वर्णिमा तामाङ, सुजिना लामा, समिक्षा तामाङ र याङ्जु तामाङ छन् ।
तीन जना सल्लाहकार पनि छनोट गरिएको छ । जसमा रन्जिता लामा, सुमी मोक्तान तामाङ र प्रभात दोङ तामाङ रहेका छन् ।







