नम्बरीका अविस्मरणीय सैनिक सम्झनाहरू [कविता]

SHARE:

फोर्टनको चक्का गुडेको अझै छैन, नम्बरी
कुकहाउसको भात खुलेको अझै छैन, नम्बरी
कम्ब्याट इन्जिनियर्स तालिम सँगै गरेर,
स्यापर भएको भुलेको अझै छैन, नम्बरी।
दाल गलेको अझै छैन, नम्बरी
बाल फुलेको अझै छैन, नम्बरी
चार्जमा डेटोनेटरको तार कोच्याउँदै,
डेमोलिसन गर्न भुलेको अझै छैन, नम्बरी।
ड्युटीमा कतै सुतेको छैन, नम्बरी
आँखा मात्रै चिम्म घुरेको छैन, नम्बरी
बोट ट्रुपमा आरआरसी कुदाउँदै,
बोर्डर ड्युटी हिँडेको भुलेको अझै छैन, नम्बरी।
ताइलामचुङमा कुकुरदाइने फलेको अझै छैन, नम्बरी
कोतमा बन्दुक हुलेको भुलेको अझै छैन, नम्बरी
च्यापसुइङ र बास्केटबल खेल्दै-खेल्दै,
मेसिङ खाएको भुलेको अझै छैन, नम्बरी।
सोकुनवतमा कुकुर भुकेको अझै छैन, नम्बरी
ड्राइरुममा चिसो जुराप सुकेको अझै छैन, नम्बरी
गोर्डनहाटबाट खियाउँदै-खियाउँदै जलदेवी,
गोर्खा हेभन पुगेको भुलेको अझै छैन, नम्बरी।
बैँस कसैले लुटेको अझै छैन, नम्बरी
धान कसैले कुटेको अझै छैन, नम्बरी
ट्रेनिङ विङमा एनबीसी सुट लगाएर,
एमजीबी थापेको भुलेको अझै छैन, नम्बरी। See less

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!