बिजीडब्लूएसको वार्षिक भेटघाट सम्पन्न: ‘अफोर्डेबल सोलुसन’ अस्वीकार गरे गोर्खा भर्ती बन्द गर्ने चेतावनी

SHARE:

आइतबार, ५ जुलाई २०२६ – बेलायत। ब्रिटिश गोर्खा वेल्फेयर सोसाइटी (बिजीडब्लूएस) को वार्षिक भेटघाट कार्यक्रम बेलायतको फानब्रोस्थित ग्रेन्ज स्कुलमा सम्पन्न भएको छ।

उक्त कार्यक्रममा बिजीडब्लूएसका अध्यक्ष मेजर टिकेन्द्रदल देवान (जेपी) ले भूतपूर्व गोर्खाहरूको मुख्य माग समान पेन्सन भए तापनि बेलायत सरकारले ‘अफोर्डेबल सोलुसन’ (किफायती समाधान) मा जान सकिने भन्दै सकारात्मक संकेत (ग्रिन सिग्नल) दिएको बताउनुभयो। सोहीअनुरूप भूतपूर्व गोर्खाहरूको संयुक्त संस्था ‘ग्रुप १०’ (जी१०) उक्त समाधानको विकल्पमा अगाडि बढ्ने उहाँले जानकारी दिनुभयो। यद्यपि, बेलायत सरकारले यो ‘अफोर्डेबल सोलुसन’ लाई पनि अस्वीकार गरेमा भूतपूर्व गोर्खाहरूले गोर्खा भर्ती नै बन्द गर्ने चेतावनी दिन सक्ने धारणा अध्यक्ष देवानले व्यक्त गर्नुभयो।

विभिन्न व्यक्तित्वहरू सम्मानित
वार्षिक भेटघाटका अवसरमा संस्थाका तर्फबाट विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई खादा ओढाएर सम्मान गरिएको थियो। सम्मानित हुनेहरूमा:

डा. दूत पुन: विद्यावारिधि (पीएचडी) उपाधि हासिल गर्नुभएकोमा।
उत्तर गुरुङ: काउन्सिलर पदमा निर्वाचित हुनुभएकोमा।
बम थापा सूर्यवंशी: फोनिजको अध्यक्षमा निर्वाचित हुनुभएकोमा।
शारदा गुरुङ: बिसिसी युके आमा समूहको अध्यक्षमा निर्वाचित हुनुभएकोमा।
ओम थापा काउचा: ‘स्ट्यान्डर्ड बियरर’ को संयोजकका रूपमा योगदान दिनुभएकोमा।
कृष्ण राई: बिजीडब्लूएसका हरेक गतिविधिहरुमा म्युजिक खेलेर विशेष योगदान पुर्‍याउनुभएकोमा।
मिलन तमु र ओमेन्द्र गुरुङ (पत्रकार): फोटो तथा भिडियो पत्रकारितामार्फत विशेष योगदान पुर्‍याउनुभएकोमा।

विविध जानकारी तथा मनोरञ्जन
कार्यक्रममा विष्णु तामाङले नेपालमा सञ्चालित हाइड्रोपावर परियोजनाहरूका बारेमा जानकारी गराउनुभएको थियो। त्यसैगरी, लेफ्टिनेन्ट मुक्तिजंग गुरुङले बिजीडब्लूएस भवनका गतिविधिबारे प्रकाश पार्दै आगामी २२ अगस्टमा ‘बार्बेक्यु चुल्हो’ को उद्घाटन गरिने जानकारी दिनुभयो।

भेटघाटलाई रोचक बनाउन राफल ड्र र टम्बोला खेल खेलाइएको थियो। साथै, नेपालबाट बेलायत आउनुभएकी चर्चित कलाकार सरिष्मा राम्जाली मगरले आकर्षक नृत्य प्रस्तुत गरी उपस्थित दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्नुभएको थियो।

संस्थाको औपचारिक सत्रलाई महासचिव क्षेत्र राई र सचिव रामलाल श्रेष्ठले सञ्चालन गर्नुभएको थियो भने अध्यक्ष देवानले उपस्थित सम्पूर्ण अतिथि तथा सदस्यहरूलाई शब्दमार्फत स्वागत गर्नुभएको थियो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!