लन्डन । बेलायतमा गायिका सञ्जिता दुरालाई लमजुङ समाज यूकेले सम्मान गरेको छ ।
तमु प्ये ल्हु संघ यूकेको भवन रेडिंगमा आइतबार ५ जुलाई २०२६ का दिन आयोजित कार्यक्रममा लमजुङ समाज यूकेका अध्यक्ष पूर्णराज गुरुङ, आमा समूहकी अध्यक्ष तारा गुरुङलगायतले गायिका दूरालाई सम्मान तथा बधाई ज्ञापन गरेका हुन् ।
द भ्वाइस अफ नेपाल सिजन ७ की फाइनलिस्ट सञ्जिता यतिबेला सांगीतिक भ्रमणका लागि बेलायतमा छिन् ।














तस्बिर : परशु गुरुङ






