यी हुन् तमु धीं यूकेको आगामी ८ मुख्य कार्यक्रम [सूचीसहित]

SHARE:

लन्डन । तमु धीं यूकेले सन् २०२६ मा आयोजना गर्ने विभिन्न सामाजिक, सांस्कृतिक तथा सामुदायिक कार्यक्रमहरूको तालिका सार्वजनिक गरेको छ।

तमु धीं यूकेले आफ्नो क्यालेन्डरअनुसार पहिलो कार्यक्रम यही जुलाई १८ मा ‘रेस फर लाइफ’ मा माग लिने छ । बिहान १० बजे गिलफोर्डस्थित स्टोकपार्कमा उक्त दौड आयोजना हुनेछ।

त्यसैगरी १७औँ नेपाली मेला–२०२६ सम्बन्धी पत्रकार सम्मेलन अगस्ट २३ मा बिहान ११ बजे मिचेटस्थित तमु धीं भवनमा हुने छ । १७औँ नेपाली मेला–२०२६ अगस्ट ३० मा केम्पटन पार्कमा आयोजना गरिनेछ।

सेप्टेम्बर ११ देखि १३ सम्म ट्रेलवाकर २०२६ कार्यक्रममा सहभागिता जनाउने जनाइएको छ। उक्त कार्यक्रम क्विन एलिजाबेथ काउन्ट्री पार्कमा हुनेछ।

यसैगरी सेप्टेम्बर २० मा डा. हर्क र डा. चन्द्र स्मृति दिवस मनाइनेछ । जुन कार्यक्रम तमु धीं भवन, मिचेटमा आयोजना गरिने छ। अक्टोबर १७ मा एल्डरसटस्थित एम्पायर हलमा लाइफ मेम्बर र टीसीएन डिनर नाइट आयोजना गरिने कार्यक्रम रहेको छ।

क्यालेन्डरअनुसार डिसेम्बर १२ मा संस्थाको १३औँ वार्षिक साधारणसभा तमु धीं भवन, मिचेटमा हुनेछ भने डिसेम्बर २६ मा तमु ल्होछार–२०२६ विशेष समारोह आयोजना गरिनेछ।

तमु धीं यूकेले गोर्खा कप जस्ता लोकप्रिय इभेन्ट पनि बर्सेनि गर्दै आएको छ । यो संस्था सन् २००० मा स्थापना भएको हो । संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ हुन् भने अहिले जुमकाजी गुरुङले नेतृत्व गरिरहेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!