बेलायतमा ११ जुलाईमा रेडिङ तमु समाजको ‘समर बीबीक्यू २०२६’, को को छन् कलाकार ?

SHARE:

लन्डन। बेलायतस्थित रेडिङ तमु समाजले यही ११ जुलाईमा ‘समर बीबीक्यू २०२६’ आयोजना गर्दैछ ।

नेपालबाट आएका चर्चित कलाकार र स्थानीय कलाकारको सांगीतिक प्रस्तुतिसहित कार्यक्रम गर्न लागिएको हो । आयोजकका अनुसार कार्यक्रममा वरिष्ठ गायक दुर्गा गुरुङ, चर्चित गायिकाहरु मन्जु बिक र शर्मिला गुरुङ ‘सरु’को सांगीतिक प्रस्तुति रहने छ ।

कार्यक्रम दिउँसो १२ बजेदेखि तमु प्ये ल्हु संघ यूके कम्युनिटी सेन्टर, ह्वाइट्ली वुडलेन, रेडिङ हुनेछ ।

विभिन्न मनोरञ्जनात्मक खेल, सांस्कृतिक कार्यक्रम, राफल ड्र तथा स्वादिष्ट बारबेक्यु मुख्य आकर्षणका रूपमा रहने आयोजकले जनाएको छ।

कार्यक्रममा सहभागी हुन वयस्कका लागि २० पाउण्ड तथा ६ देखि १२ वर्ष उमेर समूहका बालबालिकाका लागि १० पाउण्ड प्रवेश शुल्क तोकिएको छ।

समुदायबीच आपसी सम्बन्ध सुदृढ गर्दै मनोरञ्जन, सांस्कृतिक आदानप्रदान र पारिवारिक जमघटलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ रेडिङ तमु समाजले हरेक वर्ष समर बीबीक्यू कार्यक्रम आयोजना गर्दै आएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!