२१३औँ भानु जयन्ती तथा ९५औँ ईश्वर जयन्तीमा सुप्रमा–ईप्रमा पुरस्कार वितरण र तीन कृतिको लोकार्पण

SHARE:

केदार संकेत

लन्डन, ११ जुलाई २०२६।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेलायत शाखाको आयोजनामा ११ जुलाई २०२६ का दिन लन्डनस्थित ‘टेस्ट अफ पर्सिया’ रेस्टुरेन्टमा २१३औँ भानुभक्त आचार्य जयन्ती तथा ९५औँ ईश्वर प्रसाद मानन्धर जयन्ती भव्य रूपमा मनाइएको छ। सोही विशेष समारोहका बीच ‘सुप्रमा–ईप्रमा अन्तर्राष्ट्रिय पुरस्कार २०२६’ अर्पण गरिनुका साथै तीनवटा साहित्यिक कृतिको लोकार्पण समेत गरियो।

समारोहमा डा. रूपक श्रेष्ठद्वारा लिखित दुईवटा मुक्तक सङ्ग्रह ‘चौशूल’ र ‘पोक्तक’ तथा सुमल कुमार गुरुङद्वारा लिखित युद्ध उपन्यास ‘कर्मवीर’ संयुक्त रूपमा लोकार्पण गरिएको थियो। कार्यक्रमको सञ्चालन अनेसास बेलायतका मिडिया प्रबन्धक कुमार केसीले डा. रूपक श्रेष्ठको नवप्रकाशित कृति ‘चौशूल’ का केही चर्चित मुक्तकहरू वाचन गरेर गरेका थिए भने कार्यक्रमको सभापतित्व अनेसास बेलायतका अध्यक्ष राज श्रेष्ठले गरेका थिए।

अनेसास तथा नेप्रमु युकेकी उपाध्यक्ष प्रतिमा केसी ‘प्रवासी’ले स्वागत मन्तव्य राख्दै आमन्त्रित अतिथिहरूलाई स्वागत गरेकी थिइन्। कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल मुक्तक प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रामकाजी कोने उपस्थित थिए भने विशिष्ट अतिथिका रूपमा प्रा. डा. देवी प्रसाद सुवेदी तथा प्रा. डा. सूर्य प्रसाद सुवेदी ओबिइ रहेका थिए।

यसै गरी, विशेष अतिथिहरूमा पूर्व सुप्रमा पुरस्कार विजेता स्रष्टा एवं कवि, नियात्राकार तथा आख्यानकार कृष्ण बजगाईँ, साहित्यकार डा. सुमाया राई, कवि तथा यात्रास्पर्शकार केदार सङ्केत, कवि तथा समाजसेवी माया गुरुङ (उपाध्यक्ष, अनेसास बेलायत) र प्रा. डा. चाड म्यानियन रहेका थिए।

कार्यक्रममा बोल्दै कवि, साहित्यकार तथा समाजसेवी सुमल कुमार गुरुङले आदिकवि भानुभक्तको ‘घाँसी’ कविता र नेपाली साहित्यमा उनको योगदानको चर्चा गर्दै स्व. ईश्वर प्रसाद मानन्धरप्रति श्रद्धासुमन अर्पण गरे।

‘सुप्रमा–ईशप्रमा अन्तर्राष्ट्रिय पुरस्कार २०२६’ वितरण कार्यक्रमका सन्दर्भमा बोल्दै डा. रूपक श्रेष्ठले पुरस्कारको पृष्ठभूमि, स्व. ईश्वर प्रसाद मानन्धरको योगदान र यस पुरस्कारको स्थापनाको उद्देश्यबारे प्रकाश पार्दै सुरुवाती दिनदेखि आजसम्मको मार्गचित्र (रोडम्याप) प्रस्तुत गरे।

विशिष्ट अतिथि प्रा. डा. सूर्यप्रसाद सुवेदी ओबिइले शुभकामना मन्तव्य दिँदै यस वर्षको ‘सुप्रमा–ईप्रमा अन्तर्राष्ट्रिय पुरस्कार २०२६’ बाट सम्मानित व्यक्तित्व प्रा. डा. देवी प्रसाद सुवेदीको लेखकीय पाटो, उनको वैदिक ज्ञान र साहित्यमा त्यसको प्रभावबारे विस्तृत चर्चा गरे। साथै, उनले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेलायत शाखाले नेपाली भाषा र साहित्यको प्रवर्द्धनमा पुर्‍याएको अतुलनीय योगदानको उच्च प्रशंसा गरे।

उक्त साहित्यिक उत्सवमा सहभागी हुनका लागि साहित्यप्रेमी तथा मुक्तककार भोजराज लन्डनदेखि २५ किलोमिटरको दूरी साइकल यात्रा तय गरेर कार्यक्रमस्थलसम्म आइपुगेका थिए, जसलाई कार्यक्रममा विशेष चासो र सराहनाका साथ हेरिएको थियो। समारोहमा बेलायतस्थित थुप्रै नेपाली साहित्यकार, बुद्धिजीवी र सञ्चारकर्मीहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!