डेढ वर्षअघि बेलायत आएका नेपाली विद्यार्थी १९ वर्षीय आशीष कुँवर केसीको मृत्यु

SHARE:

लन्डन । डेढ वर्षअघि बेलायत आएका नेपाली विद्यार्थी १९ वर्षीय आशीष कुँवर केसीको मृत्यु भएको छ । तामाङ समाज यूकेका महासचिव रोज लामा दोङका अनुसार आशीषको शनिबार राति ९:५० ह्यामरस्मिथ अस्पतालमा निधन भएको हो । बेलायत आएको छोटो अवधिमै ज्यान गुमाएका आशीष क्यान्सर रोगबाट पीडित थिए ।

महासचिव दोङका अनुसार आशीष फेब्रुअरी ११ तारिखमा अस्पताल भर्ना भएका थिए ।

प्यूठानको सरुमारानी गाउँपालिका-१ घर भई आशीष बेलायतमा वेम्बली नोर्टन रोडमा बस्दै आएका थिए । उनी २०२५ फेब्रुअरी १ मा बेलायत आइपुगेका थिए । आशीषको जन्म सन् २००६ अक्टोबर ११ मा भएको थियो ।

यसैबीच आशीषको शव नेपाल लैजानका लागि आर्थिक समस्या परेको भन्दै तामाङ समाज यूकेले सहयोग संकलन अभियान थालेको छ । परिवारले आशीषको अन्तिम संस्कार नेपालमै गर्न पाउन् भन्ने हेतुले https://gofund.me/6aee5c003 बाट सहयोग अभियान सुरु गरिएको समाजका महासचिव दोङले जनाएका छन् ।

आशीषको शव नेपाल पठाउन ६ हजार पाउन्ड लाग्ने अनुमान गरिएको छ । यो समाचार तयार पार्दासम्म मात्र १०० पाउन्ड सहयोग संकलन भएको छ ।
तामाङ समाज यूकेले यसअघि पनि आशीषको उपचारका लागि सहयोग गरेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!