२० वर्षको अन्तरालपछि बेलायत आउँदै चर्चित गायक विष्णु खत्री

SHARE:

लन्डन । चर्चित गायक विष्णु खत्री २० वर्षको अन्तरालपछि बेलायत आउने भएका छन् ।

गल्कोट समाज यूकेको निमन्त्रणामा गायक खत्री बेलायत आउन लागेका हुन् । यही जुलाई २० मा वेस्ट ब्रुमवीचमा हुने समाजको १० वार्षिकोत्सवमा गायक खत्रीले प्रस्तुति दिने छन् । ‘अष्ट्रेलियाको साँगीतिक भ्रमणलगत्तै यूकेले बोलायो । मेरो जन्म ठाउँको सामाजिक एवं कल्याणकारी संस्था गल्कोट समाज यूकेको निमन्त्रणामा संस्थाको दशौं बार्षिकोत्सव समारोहमा आफ्नो प्रस्तुति दिनको लागि म यूके आउँदैछु,’ उनले फेसबुकमा लेखेका छन्, ‘यूकेमा रहनुहुने भगवानरुपी आदरणीय बुवा आमा, दाजुभाइ तथा दिदीबहिनीहरुमा उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्न चाहन्छु । उक्त दिनमा मैले मेरा पुरानादेखि नयाँ, मौलिकदेखि मोर्डन र पञ्चेबाजाका दर्जनौं गीतमार्फत भरपुर मनोरञ्जन दिलाउने छु ।’

‘बीस वर्षको समयको अन्तरालपछि फेरि युके आउने कुरा जानकारी गराउँछु । ग्रेटर रुसमोर नेपलिज कम्युनिटी युके परिवार,आदरणीय दाइहरु पुरन गिरी, हितकाजी गुरुङ, लाल गुरुङसँग फेरि लामो समयपछि भेट हुने नै छ जस्ले मलाई पहिलो पाईला यूकेमा टेकाउनु भएको थियो,’ उनले अगाडि भनेका छन्, ‘कार्यक्रम भब्य,शानदार एवं ऐतिहासिक हुनेमा म बिश्वस्थ छु । ईष्टमित्र,आफन्तजन, गल्कोटबासी, जिल्लाबासी,हितैषी सैंसाथीहरु, बिधालय देखि क्याम्पस पढने बेला सम्मका सहपाठीहरु, छिमेकी जिल्लाका प्रियजनहरु,शुभचिन्तक ज्यूहरु । बिभिन्न संघसंस्थामा आबद्ध सामाजिक ब्यक्तित्वहरु,पत्रकार ज्यूहरु सबै सँग सबिनय भेट हुने नै छ । मलाई यो अवसर दिलाउनुहुने संस्थाका अध्यक्ष बिष्णु चालिसेज्यू, महासचिव गोबिन्द राम कँडेलज्यू, संस्थाका सम्पूर्ण पदाधिकारीज्यूहरु, सदस्यज्यूहरु, पूर्वअध्यक्षज्यूहरु, पूर्व कार्यसमितिका सदस्यज्यूहरु, निवर्तमान अध्यक्ष एवं सम्पूर्ण पदाधिकारीज्यूहरु,निरन्तर सम्पर्र्कमा रही भिषा प्रोशेशिङमा सहजता प्रदान गर्ने संस्थाका सचिव आदरणीय सर राजु सापकोटाज्यू, डकुमेन्टेशन, ग्यारेन्टेड देखि महत्त्वपूर्ण भुमिका खेल्ने प्रिय भाई सुरेश परियारज्यूप्रति उच्च कोटिको सम्मान सहित बिशेष धन्यबाद प्रकट गर्दछु ।’

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!