बीसीसी यूकेले गर्‍यो तीन खेन्पो गुरुहरूको बिदाइ

SHARE:

पूर्ण गुरुङ
अल्डरसट, यूके, । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले आफ्नो गुम्बामा करिब एक वर्ष सेवा पूरा गरी नेपाल फर्कन लागेका तीन जना खेन्पो गुरुहरूलाई विशेष समारोहका बीच बिदाइ गरेको छ ।

गत शनिबार, ११ जुलाईका दिन अल्डरसटस्थित बीसीसी यूकेको गुम्बामा बिदाइ गरेको हो । काठमाडौँको बौद्धस्थित प्रसिद्ध सेचन गुम्बाबाट बीसीसी यूकेको विशेष अनुरोधमा यूके आउनुभएका खेन्पो छिरिङ्ग, खेन्पो वाङ्गचुक र खेन्पो यन्तेनले गुम्बामा रहेर जन्मदेखि मृत्युसम्म गरिने विभिन्न कर्मकाण्डहरुका साथसाथै बौद्ध दर्शनमा विशेष सेवा पुर्‍याएका थिए ।

सो अवसरमा बीसीसी यूकेका अध्यक्ष आङ्गदावा शेर्पाले उहाँहरुले एक वर्षसम्म पु¥याउनुभएको अमूल्य सेवाको उच्च प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरे । त्यस्तै, कार्यक्रममा खेन्पोत्रयले बीसीसी यूके परिवारले आफूहरुले दिएको माया, सेवा र सम्मानका लागि कृतज्ञता व्यक्त गरे ।

बिदाइ कार्यक्रममा उनीहरुलाई बीसीसी यूकेका अध्यक्ष आङदावा शेर्पाले मायाको चिनोसहित खादा लगाई बिदाई गरेका थिए ।

त्यस्तै, बीसीसी यूकेका उपाध्यक्ष मेजर हितमान गुरुङ, संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पा, धर्मगुरु निमा लुंगरिक रिन्पोछे, प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङ, पूर्व अध्यक्ष धर्म तामाङ्ग, पूर्व आमा प्रमुख जगना गुरुङ, सल्लाहकार जंगबहादुर गुरुङ, आमा उपाध्यक्ष दुर्गा लक्ष्मी गुरुङलगायत कार्यसमितिका पदाधिकारी, सदस्य, आमाहरुलगायतले खादालाई बिदाई गरिएको हो ।

बीसीसी यूके लण्डन शाखाका अध्यक्ष गोपाल तामाङले खेन्पो वाङ्गचुक र खेन्पो यान्तेनले शाखामा रहेर दिएको सेवाको लागि धन्यवाद दिए ।

कार्यक्रममा बेलायतको निजी भ्रमणमा रहेका सेचन गुम्बाकै खेन्पो घ्युर्मि दोर्जीलाई स्वागत र लामा सोनामलाई बिदाई समेत गरिएको थियो ।

बीसीसी यूकेका उपाध्यक्ष मेजर हितमान गुरुङको संयोजकत्वमा सम्पन्न सो कार्यक्रममा लगायत कार्यसमितिका पदाधिकारी, कार्यसमिति सदस्यहरू र स्थानीय भक्तजनहरूको विशेष उपस्थिति रहेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!