पोखरा । सहारा क्लब हङकङका पुर्व प्रमुख सल्लाहकार, पूर्व राष्ट्रिय ताईकाण्डो खेलाडी हाल हङकङ सरकारको प्रमुख ताईकाण्डो प्रशिक्षक तुलसी प्रसाद गुरुङका साथमा सहारा क्लब हङकङका कार्यसमिति सदस्य ओम गुरुङद्धारा पोखरा महानगरपालिका वडा नं. १७ दोविल्ला अवस्थित सहारा क्लब पोखराद्धारा सञ्चालित कठिन परिस्थिति एवं विपन्न वर्गका बालकहरुको सहारा एकेडेमीको अवलोकन गरेका छन् । सो अवसरमा क्लबका अध्यक्ष केशबबहादुर थापा, पुर्व अध्यक्ष एवं सहारा एकेडेमी संयोजक विक्रम थाकाली, सचिव रामजी अधिकारी तथा क्लबका पदाधिकारी एवं कार्यसमितिद्धारा उनीहरुलाई फुलको गुछा र खादा लगाएर स्वागत गरेका थिए ।
सहारा क्लब हङकङका पुर्व प्रमुख सल्लाहकार गुरुङले एकेडेमीका बालकहरु सँग परिचय गर्दै, आफ्नो खेल जिवनको अनुभव सुनाएक थिए भने भविष्यमा फुटबलको राष्ट्रिय खेलाडी भई देश र सहारा क्लब पोखराको नाम राख्न एवं आफ्नो भविष्य उज्ज्वल बनाउनको लागि लगनशिल भई, मेहनतका साथ अगि बढनको लागि सुझाएका थिए साथै संयोजक विक्रम थकालीले सहारा एकेडेमीको निर्माण एवं सञ्लालन बारेमा प्रस्ट्याएका थिए ।
आजै सेन्ट मेरिज स्कुल नयाँगाउँबाट स्कुलले वार्षिकरुपमा विभिन्न संस्थालाई खाद्य सामाग्री एवं अन्य सर समान वितरण गर्ने कार्यक्रम अनुसार सहारा एकेडेमीलाई खाद्य सामाग्री हस्तान्तरण गरेका छन् । विद्यालयका प्राचार्य तथा शिक्षक एवं कर्मचारी उपस्थित भई क्लबका अध्यक्ष केशबबहादुर थापालाई १२५ के.जी. चामाल, ५० किलो चिनि, ५० के. जी. गहँको पिठो, १० लिटर फुलको तेल, ५० के. जी. मसुरको दाल, १० के. जी. को मिक्स मसला, १० के. जी. सोयाविन मस्यौरा, २५ पोका वासिङ पाउडर हस्तान्तरण गरेका थिए । उक्त स्कुलले सहारा एकेडेमीलाई यस भन्दा अगाडी पनि खाद्य सामाग्री हस्तान्तरण गरेका थिए ।






