बेलायत । बेलायतमा उच्च शिक्षा अध्ययनरतप्युठान जिल्ला, दरभाङका १९ वर्षीय आशिषकुँवर क्षेत्रीको दुःखद निधन भएको छ।
स्वर्गीय आशिष गोविन्द कुँवर क्षेत्री र शान्ताकेसीका सुपुत्र हुन्। उनी जनवरी २०२५ मा उच्चशिक्षा अध्ययनका लागि बेलायत आएका थिए रयुनिभर्सिटी अफ वेस्ट लन्डनमा कम्प्युटर साइन्सविषय अध्ययनरत थिए।
उनी बेलायतको ग्रीनफोर्ड, इलिङमा आफ्नी दिदीअर्जु केसीसँग बस्दै आएका थिए। अर्जु पनिअल्स्टर विश्वविद्यालयमा अध्ययनरत छिन्।
“आशिषको असामयिक निधनको खबरले उनकापरिवार, आफन्त, साथीभाइ तथा बेलायत रनेपालमा रहेका नेपाली समुदायलाई गहिरोशोकमा डुबाएको छ। उज्ज्वल भविष्यको सपनाबोकेका एक होनहार युवा विद्यार्थीको असामयिकनिधनले हामी सबै मर्माहत भएका छौं,” गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेकाअध्यक्ष राजेन्द्र पुडासैनीले भने। उनले योमानवीय कार्यमा सघाउन बेलायतस्थित नेपालीसमुदाय तथा संघ संस्थालाई हार्दिक अपिल पनिगरे।
तामांग समाज युकेको सहयोगमा खोलिएको गोफन्ड मी पेजमा गएर सक्दो सहयोग गर्न स्वक्षेत्रीको परिवारले आग्रह गरेको छ।
राप्ती समाज युकेका अध्यक्ष चन्द्र शाहीले पनि यो मानवीय कार्यमा सक्दो सहयोग गर्न सबैलाई अपिल गरेका छन् ।
https://www.gofundme.com/f/late-ashish-kunwar-kc-death-body-send-to-nepal?attribution_id=sl:0740e6e8-cebe-42ed-b512-1e7b7d6169cc&lang=en_GB&ts=1783854892&utm_campaign=man_sharesheet_dash&utm_content=amp20_t1&utm_medium=customer&utm_source=copy_link






