अबको तमु ल्होसार

SHARE:

गौरी तमु

गुरुङहरु अन्नपूर्ण,मनास्लु हिमचुली पहाडको दक्षीण क्षेत्र हुँदै नेपालको पूर्वी पहाड र केही मात्रामा भारतको सिक्किम,सिलगुडी हुँदै भुटानसम्म छरिएर रहेका छन् । बढ्दो भूमण्डलीकरणका कारण गुरुङहरु हाल संसारभर छरिएर रहेकाछन् ।आफु जहाँ रहेपनि आफ्नो भाषा,संस्कार संस्कृतिलाई माया गर्ने गुरुङ समुदायले पौष १५ गतेलाई महान चाड तमू ल्होसार/ल्होछारको रुपमा संसारभर धुमधामले मनाउँछन् ।यस दिनमा गुरुङ समुदायले पुरानो ल्हो (वर्ग)को विदाई र नया“ ल्हो (वर्ग)को स्वागत गर्दै नयाँ वर्षको रुपमा यो चाड मनाउ“छन् ।अतःल्होसारले गुरुङ समुदायमा नयाँ संवतको सुरुवात गराउँछ । यस वर्ष गुरुङ समुदायले पुरानो खि (कुकुर वर्ग) को बिदाई र नयाँ फो(मृग वर्ग)को को स्वागत गर्दै हर्षोल्लासकासाथ तमू ल्होसार/ल्होछार मनाउँदैछन् । ल्होसार/ल्होछार नजिकिदैगर्दा गुरुङ समुदायमा गाउँदेखि शहर र स्वदेशदेखि विदेशसम्म विभिन्न कार्यक्रमहरु भइरहेका छन् ।ल्होसारलाई लक्षीत गरी सांगितीक, साहित्यिक,शैक्षिक,स्योंकै(वनभोज)कार्यक्रम, चिठ्ठा खोल्ने कार्यक्रम, परदेशिएकाहरु घरदेशमा आउने एवं ल्होसारकै लागि विभिन्न साँस्कृतिक कार्यक्रमहरु र गुरुङ पुरोहित(खेगी,लम)हरु लिएर विदेश जाने क्रम बढ्दो छ ।

गुरुङ भाषमा ल्हो भनेको वर्ग र सार भनेको फुल्नु हो ।तर गुरुङ समूदायले होसार र ल्होछार दुवै शब्दको प्रयोग गरी आफ्नो नया वर्ष मनाउछन् ।एकपक्षधर गुरुङहरुका अनुसार वर्षैपिच्छे कुनै रुखमा नया“ फूल फूलेभैंm १२ वर्षपछि ल्हो फूल्छ । त्यसैले ल्होसार भन्नुपर्छ भन्छन् भने अर्का पक्ष्ँधर गुरुङहरू जसरी रुख, बोटबिरुवामा फल लाग्नुपूर्व फूलहरु फूल्छन् र त्यस्ता फूलहरू फूल्ने निश्चित टु“गो नभएतापनि ऋतुको चा“ही निश्चित हुन्छ । पुस १५ को दिनमा नै ल्हो वा वर्ग फूल्छ भन्नु त्यति सान्र्दभिक देखिदैन । किनकी प्रत्येक वर्ष बोटबिरुवामा फूलहरू निश्चित समय आएपछि फूल्छन् तर पुस १५ को दिनमा नै फूल नफूल्ने भएकोले ल्होछार भनिनुपर्छ भन्छन् । यहीँ दिनमा आफ्नो गुरु प्रथम महापुरुषको जन्म भएको दिनको रुपमा पनि गुरुङ समुदायले यो चाड मनाउँछन् ।हिन्दु शास्त्रमा १२ ओटा राशीको महत्व रहेजस्तै गुरुङ शास्त्रमा पनि चरा र जनावरको नामबाट नामाकरण गरिएका १२ वटा वर्गहरुको विशेष महत्व रहन्छ ।प्रत्येक वर्ष एउटा वर्गले भोग गरेपछि अर्को वर्ष नयाँ वर्गको सुरुवात हून्छ ।गुरुङहरु गुरुङ पात्रो अनुसार नै आफ्नो उमेर गणना गर्छन भने लामा र पच्यु शास्त्र अनुसार वर्ग हेरेर शुभ –अशुभ,फाप्ने– नफाप्ने पत्ता लगाई लामा र पच्यु शास्त्र अनुसार नै पूजापाठ र ग्रहशान्ति गर्छन । पौष १४ गते रातिदेखि नै विशेषतःगुरुङ युवायुवती ल्होसार/ल्होछारको स्वागत गर्न आगो बालेर नाचगानगर्दै जागा बस्छन् भने १५ गते बिहानै आफ्नो गुरुङ पोसाकमा सजिएर गुम्बा र क्होइवो(मन्दिर)हरुमा गई पूजापाठ गरी लम्,पच्यु गुरुहरुद्वारा रिपा,खदा लगाई मान्यजनबाट आशिर्वाद ग्रहण गर्दै एकापसमा शुभकामना आदानप्रदान गर्दै यो चाड मनाउँछन् ।पछिल्लो समय शैक्षिक चेतनाको वृद्वि सुचना,सञ्चार र प्रविधिको विकास,बँसाइसराइ,विदेशीने क्रम र सामाजिक सञ्जालहरुको बढ्दो प्रयोगले समेत ल्होसारको स्वरुपमा केही परिवर्तन भएको पाइन्छ ।आउनुस् उहिलेदेखि अहिलेसम्मको ल्होसार र अबको ल्होसारलाई नियालौ :

उहिलेको ल्होसार
उहिले बाक्लो गुरुङ बस्तीहरुका घरमा सबै परिवारहरु हुन्थे ।शहर बजार र विदेशमाभन्दा गाउँघरमा ल्होसारको रौनक बेग्लै हुन्थ्यो ।घरहरु अहिलेजस्तो मान्छे विहीन रित्तो हुँदैनथे । ल्होसार आएपछि बाटो, घर ,चोक ,र आँगनहरु सामुहीक रुपमा सरसफाई हुन्थे ।सामूहिक रुपमै स्योंरा(भैलो) खेलेर उठेको चामल र रकमहरुबाट सामाजिक कामहरु गर्नुका साथै फराकिलो फाँट या खेतबारीमा गएर सामूहिक रुपमा ल्होसार मनाइन्थ्यो ।आफ्ना नजिकैका नातेदार एवं आफ्ना छोरी ज्वाईहरुलाई मिठो मसिनो खानका लागि निम्त्याइन्थ्यो ।ल्होसार मनाउँदा आफ्नै गाउँका कलाकारहरुद्वारा पुरानो लोक भाकामा नाचगान एवं रमाइलो हुन्थ्यो ।नाचगानमा बजाइने सामग्रीहरु डम्फु,मादल,खैजडी ,सारङ्गीहरु गाउँघरमै बनाइन्थे ।गाउँघरमै बुनिएका गुरुङ पोसाकहरु जस्तो भाङ्ग्रा,घलेक,पछ्यौरी लगाइन्थ्यो ।आर्थिक हिसाबले सबै स्तरका गुरुङहरुले समान किसिमले एकै ठाउँमा बसेर ल्होसार मनाउँथे ।आफ्नै मातृभाषा बोलिन्थ्यो, आफ्नै भाषामा गीत गाइन्थ्यो ।एकआपसमा गहिरो आत्मियता हुन्थ्यो । पालैपालो एक गाउँले अर्को गाउँलाई भोज खुवाउने कार्यक्रमहरु पनि हुन्थे । ल्होसारका बेला छेलो जस्ता क्रियाकलापले स्थानीय गीत,संगीत, र गुरुङ भाषाको संरक्षणमा सहयोग पुर्याउँथ्यो ।गाउँ घरमै बुनिएका गुरुङ पोसाकको प्रयोगले स्थानीय व्यवसायको प्रबर्धन गर्दथ्यो । अहिलेजस्तो सुचना र सञ्चारको विकास थिएन जसका कारण शुभकामना आदानप्रदान प्रत्यक्ष भेटघाटमा मात्रै सिमित हन्थ्यो ।उहिलेको ल्होसार तडकभडक र विवाद रहित अर्गानीक हुन्थ्यो ।अझै मुख्यकुरा अहिलेकोजस्तो उहिले ल्होसार/ल्होछारको शब्दमा विवाद हुन्थेन । गुरुङहरु दुई धार्मिक संस्थामा विभाजित थिएनन् ।यो तितोसत्य हो ।

अहिलेको ल्होसार
अहिले गुरुङहरु गाउँघर छोडेर शहर बजार र विदेशसम्म छरिएर रहेका छन् ।गुरुङ गाउँघरहरु सुनसान छन् ।ल्होसारको रौनक गाउँमा कम,शहरमा बढी र अझै बढी बेलायत लगायत संसारभर बढ्दो छ ।ल्होसारका कार्यक्रमहरु अब फाँट र खेतका गराहरुबाट समाजघर र पार्टी प्यालेसहरुमा रुपान्तरण भएका छन् ।अहिले हप्तादिन अगाडिदेखि नै सप्ताहब्यापी कार्यक्रमहरु र भोज खाने चलन बढ्दो छ ।पोसाकको नाउँमा गहना प्रदर्शनीजस्तो संस्कार बढ्दैछ । युवायुवतीमा पुरानो डिजाइनका गुरुङ पोसाकलाई आधुनिक किसिमले पहिरिने क्रम बढ्दो छ।जुन दुःखद् कुरो हो । ।ल्होसारमा बिस्तारै विदेशी गीत संगीतको समेत प्रभाव परिरहेको छ ।पोखराको सन्दर्भमा एउटै गाउँका गुरुङहरु बँसाइसराइसँगै शहर पसेृपछि विभिन्न समाज र समुहमा प्रवेश गर्दैछन् ।जनसंख्या वृद्विका कारण अब गाउँमाजस्तो शहरमा ल्होसार एकै ठाउँमा मनाउन सम्भव पनि छैन ।

ल्होसारको शुभकामना आदानप्रदानको कार्यक्रम सुचना र सञ्चारका माध्यमबाट पनि दिन थालिएका छन् ।सामाजिक सञ्जालहरुको प्रयोगले ल्होसार /ल्होछार कार्यक्रमको विशेषता र महत्व अहिले गैर गुरुङ समुदायले पनि बुझ्दैछन् । त्यसो त ल्होसारकै अवसर पारेर नयाँ कामहरुको सुरुवात गर्ने,पुस्तकहरु प्रकाशित गर्ने,विमोचन गर्ने ,समाजसेवामूलक कामहरु गर्ने संस्कारको सकारात्मक सुरुवात पनि भएको छ ।तर अहिलेको ल्होसार कार्यक्रमहरुमा धेरै ठाउँमा गुरुङ गीत कम र विदेशी गीतहरु बढी बज्न थालेका छन् । त्यस्तै अघिल्लो पुस्ताबाट दोस्रो पुस्तामा सिप हस्तान्तरण नहुँदा र सबै शहर र विदेश पलायन भएपछि गाउँघरमै तानमा बुनीने राडीपाखीहरु,गुरुङ पोषाकहरु,र स्थानीय पेसाहरु नै सङ्कटमा छन् ।उहिले गाउँमा एकै ठाउँमा भेला भएर ल्होसार मनाउने गुरुङहरु अहिले गुम्बा र क्होइबोमा विभाजीत भएका छन् । ल्होसार र ल्होछार शब्दमा विवादहरु बढ्दैछन् ।एक पक्षधर गुरुङरु ल्होसार यानिकी ल्हो(वर्ग) सार (फुल्नु)भन्दैछन् भने अर्का पक्षधर गुरुङहरु ल्हो(वर्ग)छार (नयाँ) भन्दैछन् ।अब गुरुङ समुदाय यी सामान्य शब्द विवादमा अल्झिनु हुँदैन। यो समय शब्दमा होइन शब्दकोशमाथि छलफल गर्ने समय हो ।विडम्बना ! अझै गुरुङ समुदाय यस्तै झिनामसिना समस्यामा अल्झिरहेका छन् ।नेपालमा अहिले गुरुङ समुदायको तमु ह्युल छोंज धिं,(गुरुङ राष्ट्रिय परिषद् )तमु धिं,तमु बौद्ध सेवा समिति,तमु प्ये ल्हुँ संघ लगायतका संघसंस्थाका शाखाहरु इकाइ,केन्द्रहुँदै विदेशसम्म सक्रिय छन् ।गोर्खा सैनिकहरुले आफ्नो सपरिवार नै बेलायत लान थालेपछि अहिले बेलायतमा ठुलो गुरुङ समुदाय रहेका छन् ।त्यसकारण पनि नेपाल बाहिर बेलायतमा सबैभन्दा ठुलो ल्होसार कार्यक्रमहरु हुने गरेको छ ।जुन कार्यक्रमहरु केवल गुरुङ समुदायका लागि मात्रै लक्षित हुँदैनन् ।

ल्होसार/ल्होछारको को अवसरमा गुरुङहरुको ऐतिहासिक थलो पोखराका गुरुङहरुले पौष १५ गते आ आफ्नो संस्थामा ल्होसार/ल्होछार मनाउने र १६ गते पोखरा प्रदर्शनी केन्द्रमा संयुक्त ल्होसार/ल्होछार मनाउने कार्यक्रम रहेको छ भने तमु ह्युल छोंज धिं (गुरुङ राष्ट्रिय परिषद्)ले काठमाण्डौमा सप्ताहब्यापी कार्यक्रमहरु पत्रकार सम्मेलन,शुभकामना आदानप्रदान तथा चियापान,खेलकुद,लोकदोहोरी नृत्य प्रतियोगिता ,च्ह्या ल्हो(चरा वर्ग)को बिदाइ र खि ल्हो (कुकुर वर्गको)स्वागत,झाँकी र्याली तथा टुडिखेलमा औपचारिक समारोहको आयोजना गर्दै यो वर्षको खि ल्होसार मनाउँदैछ ।यसरी ल्होसार उहिलेभन्दा अहिले झन् ब्यापकरुपमा मनाउन थालिएको छ ।

अबको ल्होसार
गुरुङ समुदायले गाउँहुँदै शहर र शहरहुँदै विदेशसम्म धुमधामकासाथ तमु ल्होसार मनाउँदै गर्दा यसको सामाजिक,धार्मिक,साँस्कृतिक, वैज्ञानिक महत्व जोगाउँदै आफ्नो भाषा, साहित्य,संस्कार,संस्कृतिको संरक्षण र प्रबद्वन गर्दै सबै गुरुङहरुलाई एकै सुत्रमा बाँध्न सक्नुपर्छ । जब पौष सुरु हुन्छ तब गुरुङ समुदायबीच नै ल्होसार र ल्होछारलाई लिएर सामाजिक सञ्जाल र भेटघाटहरुमा हिलो छ्यापा छ्याप गर्ने प्रवृत्ति अन्त्यका लागि यहाँका भााषाविद्,संस्कृतिविद,जिम्मेवार गुरुङ संघसंस्थाका प्रमुखहरु र बुद्विजीवीहरु बसेर जतिसक्दो चाडै यो विवादको समाधान गर्नुको विकल्प छैन ।सबैलाई फो ल्होसारको आशिमला !

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!