पोखरा । पोखरामा पत्रकारद्वय रुद्रबहादुर हितान मगर र इन्दिरा गुरुङ पुरस्कृत भएका छन् ।
पोखरा–९, नयाँबजारस्थित तमु धीं नेपालको हलमा सोमबार आयोजित कार्यक्रममा अग्रज पत्रकारद्वय मगर र गुरुङ १३औं कर्म-कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार २०८२/०८३ बाट सम्मानित भएका हुन् ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज, कास्की जिल्ला शाखाद्वारा सञ्चालित उक्त पुरस्कार कर्म गुरुङ र कर्ण गुरुङको वैवाहिक वर्षगाँठको अवसरमा स्थापना गरिएको हो ।






