नेफिन यूके ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव २०२६ आयोजना गर्दै, के छ तयारी ?

SHARE:

अल्डरसट । नेपाल आदिवासी जनजाति महासंघ यूके (नेफिन यूके)ले आगामी अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव २०२६ आयोजना गर्दैछ ।

महोत्सव शनिबार, ८ अगस्ट २०२६ मा किरात हाउस ग्याम्बल्स लेन, वकिङ बेलायतमा हुनेछ । महोत्सव बिहान ११:३० बजेदेखि सुरु हुने नेफिन यूकेका महासचिव फ्रम दुराले बताए । ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव २०२६ लाई भव्य, सभ्य तथा सफल बनाउन समुदायको व्यापक सहभागिता, समयमै तयारी, प्रभावकारी प्रचार–प्रसार तथा युवा पुस्ताको सक्रिय संलग्नता गराउन तयारी रहेको नेफिन यूकेका अध्यक्ष मेजर योगेश राईले बताए ।

महोत्सवको मुख्य उद्देश्य नेपालका आदिवासी जनजातिहरूको भाषा, संस्कृति, कला, साहित्य, संगीत, खेलकुद, परम्परा तथा पहिचानको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्नुका साथै बेलायतस्थित विभिन्न समुदायबीच आपसी सद्भाव र एकतालाई सुदृढ बनाउनु रहेको नेफिन यूकेले जनाएको छ ।

महोत्सवको अवसरमा आदिवासी जनजातीय संघसंस्थाहरूबीच सांस्कृतिक तथा धार्मिक झाँकी प्रतियोगिता, पुरुष तथा महिला भलिबल प्रतियोगिता, परम्परागत धनुषवान प्रतियोगिता, स्वयंसेवी कलाकारहरूद्वारा सांस्कृतिक प्रस्तुति हुनेछन् ।

झाँकी प्रतियोगितामार्फत विभिन्न जातीय संस्थाहरूले आफ्नो मौलिक संस्कृति, धार्मिक परम्परा, भेषभूषा, इतिहास तथा पहिचान झल्काउने झाँकी प्रदर्शन गर्नेछन् । भलिबल तथा धनुषवान प्रतियोगिताले खेलकुदमार्फत समुदायबीच मित्रता, सद्भाव तथा स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ। त्यसैगरी स्वयंसेवी कलाकारहरूले विभिन्न जातीय समुदायका मौलिक गीत, संगीत, नृत्य तथा सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्नेछन्।

नेफिन यूकेले बेलायतभरिका सम्पूर्ण आदिवासी जनजातीय संघसंस्था, समुदाय तथा सांस्कृतिक संगठनहरूलाई आ–आफ्नो सांस्कृतिक, धार्मिक तथा परम्परागत झाँकीसहित महोत्सवमा सक्रिय सहभागिता जनाउन हार्दिक अनुरोध गरेको छ। झाँकी प्रतियोगिताले नेपालका आदिवासी जनजातिहरूको सांस्कृतिक विविधता, मौलिकता तथा समृद्ध सम्पदाको संरक्षण र प्रचार–प्रसारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

बैठकले महोत्सवका लागि स्टल बुकिङ खुला गरिएको जानकारी दिएको छ। खाद्य परिकार, हस्तकला, व्यवसाय, सामाजिक संस्था, सांस्कृतिक प्रदर्शनी तथा अन्य सामग्री प्रदर्शन गर्न इच्छुक व्यक्ति वा संस्थाहरूले स्टल बुक गर्न सक्नेछन्। स्टल वितरण “पहिला आउनेलाई पहिला प्राथमिकता”को आधारमा गरिने भएकाले इच्छुक सबैलाई समयमै बुकिङ गर्न अनुरोध गरिएको छ।

स्टल बुकिङ तथा थप जानकारीका लागि सम्पर्क :

बिमला राई
उपाध्यक्ष, नेफिन यूके
मोबाइल: 07727 ८९९७९५

बोम थापा मगर
कोषाध्यक्ष, नेफिन यूके
मोबाइल: 07912 ८४७६१५

स्टलहरू सीमित सङ्ख्यामा उपलब्ध भएकाले इच्छुक व्यवसायी, संघसंस्था तथा प्रदर्शकहरूलाई समयमै बुकिङ गर्न अनुरोध गरिएको छ। नेफिन यूकेका अध्यक्ष योगेश राईले भने, “३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सवमा सहभागी भई आफ्नो संस्कृति, पहिचान र सम्पदाको प्रदर्शन गर्न सम्पूर्ण संघसंस्था, कलाकार, व्यवसायी तथा समुदायका सदस्यहरूलाई हार्दिक निमन्त्रणा गर्दछु ।”

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!