घाँटीको क्यान्सरपीडित मुक्ति श्रीस मगरलाई बेलायतबाट झन्डै १६ लाख सहयोग

SHARE:

लन्डन । गुल्मी भार्सेको दबुङ घर भई हाल रुपन्देहीको सालझण्डीमा बसोबास गर्दै क्यान्सरपीडित मुक्ति श्रीस मगरको उपचारका लागि बेलायतबाट झन्डै १६ लाख सहयोग उपलब्ध गराइएको छ ।

सोमबार १३ जुलाई २०२६ मा गुल्मी जिल्ला समाज यूकेबाट ४ लाख ५७ हजार ९४५, भार्सेली समाज यूकेबाट ४ लाख ११ हजार ०५४.७५, ग्वाघाली समाज यूकेबाट २ लाख ९६ हजार १३२ र गुल्मेली थरभाईका सहकोषाध्यक्ष मिना श्रीसबाट संकलित ४ लाख २६ हजार ६२४ गरी १५ लाख ९५ हजार ९५०.१९ सहयोग प्रदान गरिएको हो । सहयोग रकम संकलनका संयोजक ओमप्रसाद थापा काउचाले बेलायतवासी गुल्मेली तथा अन्य परोपकारी दयालु मनप्रति कृतज्ञता व्यक्त गरेका छन् ।

मुक्ति श्रीस मगरको गत वर्ष मात्र दुवै किड्नी फेल भएर आफ्नो घर, सम्पत्ति र नजिकका आफन्तको सहयोगमा उपचार सफल भएको थियो । हालैमात्र उनलाई घाँटीको क्यान्सर भयो । नयाँ किड्नी ट्रान्सप्लान्टका कारण नेपालमा उपचार गर्न कठिनाइ भएर हाल राजीव गान्धी क्यान्सर इन्सटिच्यूट एण्ड रिसर्च सेन्टर, रोहिनी नयाँदिल्लीमा उपचार गर्नु पर्दा अत्यन्त खर्चिलो छ । निजको परिवारबाट उनको जीवन बचाउन गुल्मी जिल्ला समाज यूकेसमक्ष अनुरोधपत्र आएपछि समाजकी अध्यक्ष मन्जु भण्डारी, महासचिव महलाल घिमिरे र समाजका संस्थापक अध्यक्ष एवं हाल टष्ट्री तथा प्रथम नौमती बाजा गुल्मी यूकेका संस्थापक प्रमुख संयोजक ओमप्रसाद थापा काउचा सहयोग जुटाउन संयोजन गर्ने जिम्मा काउचाले लिएका थिए ।

संकलित रकम क्यान्सर पीडितको निवास रूपन्देही, सैनामैना, सालझण्डी पुगेर गुल्मी जिल्ला समाज यूके र भार्सेली समाज यूकेका आजीवन सदस्य दुर्गा राना मगर साथै भार्सेली समाज तराईका अध्यक्ष सुवेदार सोम भुजेल, सदस्य मेला चित्र दगामीको रोहवरमा बिरामीको आमा श्रीमती एककुमारी श्रीस मगरलाई चेक हस्तान्तरण गरिएको हो । बिरामीको श्रीमती पुनम श्रीस मगरले प्राप्त रकमले उपचार खर्चमा निकै सहयोग पुग्ने जनाउँदै दाताहरु सबैप्रति आभार व्यक्त गरेकी छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!