लन्डन । राप्ति समाज यूकेको वार्षिक भेटघाट कार्यक्रमका लागि लोक तथा दोहोरी गायिका बिमता घर्ती मगर लन्डन आइपुगेकी छन् ।
गायिका बिमता शुक्रबार १७ जुलाई २०२६ मा लन्डनस्थित हिथ्रो एयरपोर्ट ओर्लिएकी हुन् । सँगै गायिका कामना ओली पनि बेलायत आएकी छन् । उनीहरुलाई आयोजक संस्थाका पदाधिकारी र इस्टमित्रले विमानस्थलमा स्वागत गरेका थिए ।
गायिका बिमताले आफूहरु सकुशल यूके आइपुगेको भन्दै स्वागतका लागि सम्पूर्ण राप्ति समाज यूके, हिक्मत सिंह रोकालगायतलाई धन्यवाद दिउकी छन् । उनले २५ जुलाईमा केन्ट मेडस्टोनस्थित मेडस्टोन ग्रामर स्कुलमा हुने राप्ती समाज यूकेको कार्यक्रममा उपस्थित हुन बेलायतवासी नेपालीलाई आग्रह गरेकी छन् ।
कार्यक्रम मध्याह्न १२ देखि राति १० बजेसम्म हुने आयोजकले जनाएको छ ।









