हर्मिटेज नेपाली कम्युनिटीको समर बार्बिक्यु सम्पन्न

SHARE:

बेलायत। हर्मिटेज नेपाली कम्युनिटीले शनिबार १८ जुलाई २०२६ को दिन ‘समर बार्बिक्यु २०२६’ सम्पन्न गरेको छ। बेलायती सेनाको ७७ ब्रिगेडमा कार्यरत तथा नेपालका पूर्व, पश्चिम, उत्तर र दक्षिणका विभिन्न भूभागबाट आएर बेलायतलाई आफ्नो कर्मथलो बनाएका नेपाली सैनिक एवं उनीहरूका परिवारको सुखद उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमको संयोजन पर्वत जिल्ला चित्रे निवासी स्टाफ सार्जेन्ट (फोरम्यान) विकास गुरुङले गर्नुभएको थियो भने मनोरञ्जनतर्फको संयोजन गणेश गुरुङले सम्हाल्नुभएको थियो।

सो अवसरमा आयोजित मनोरञ्जनात्मक खेलकुद विधाअन्तर्गत बालबालिका तथा महिलाहरूका लागि ‘म्युजिकल रेस’ आयोजना गरिएको थियो। त्यसैगरी अन्य खेलहरूमा ‘हेड, शोल्डर, कप’, ‘बलुन इन द बास्केट’ लगायत अन्य रोचक खेलहरू समावेश गरिएका थिए।

विभिन्न खेलका विजेता तथा सहभागीहरूलाई स्टाफ सार्जेन्ट समीर मगर र तेजु राई मगरले पुरस्कार वितरण गर्नुभएको थियो। नयाँ र पुराना सदस्यहरूबीच आपसी भाइचारा र सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले आयोजित उक्त बार्बिक्यु कार्यक्रम निकै उल्लासमय वातावरणमा सम्पन्न भएको समुदायले जनाएको छ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!