बेलायतबाट आचार्य परिवारद्वारा धाइरिङ भुमेठाकुर पदमार्ग निर्माणका लागि १ लाख ५१ हजार सहयोग

SHARE:

लन्डन । धाइरिङ भुमेठाकुर पदमार्ग निर्माण अभियानअन्तर्गत निर्माण हुन लागेको मुख्य प्रवेशद्वारका लागि बेलायतको लण्डनमा बसोबास गर्दै आएका आचार्य परिवारले १ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

जलजला गाउँपालिका–७, धाइरिङ धारापानीका स्थायी बासिन्दा एनआरएनएका पूर्वअध्यक्ष कुलप्रसाद आचार्य–सीता आचार्य तथा दधि आचार्य–राधिका आचार्य, छोरा अस्मित आचार्य र छोरीहरू अस्मिता, सुसिता, सुमिता तथा कृतिका आचार्यसहितको परिवारले उक्त रकम सहयोग गरेको पदमार्ग निर्माण अभियानले जनाएको छ।

अभियानका अनुसार आचार्य परिवारले पदमार्गको मुख्य प्रवेशद्वार निर्माणका लागि आवश्यक थप सम्पूर्ण खर्चसमेत व्यहोर्ने प्रतिबद्धता जनाएको छ।

अभियानले कुलप्रसाद आचार्य र दधि आचार्यले यसअघि पनि भुमेठाकुरको संरक्षण, विकास तथा व्यवस्थापनमा विभिन्न रूपमा सहयोग गर्दै आएको उल्लेख गरेको छ। अभियानले उनीहरूको योगदानले पदमार्ग निर्माणलाई आर्थिकसँगै नैतिक रूपमा पनि बल पुगेको जनाएको छ।

अभियानले प्रवासमा रहेर पनि जन्मभूमिको धार्मिक, सामाजिक तथा विकास निर्माणका काममा निरन्तर सहयोग गरेको भन्दै आचार्य परिवारप्रति आभार व्यक्त गरेको छ । लण्डनमा नेपाली समुदायकाबीच लोकप्रिय आचार्य दाजुभाइले विदेशमा आर्जन गरेको सीप, अनुभव र पूँजीलाई आफ्नै देशको धार्मिक, सामाजिक तथा विकास निर्माणका कार्यमा समर्पित गर्दै आएका छन । जन्मगाउँदेखि जिल्ला र समाजका विभिन्न सामाजिक, शैक्षिक, धार्मिक तथा परोपकारी अभियानहरूमा उनीहरूको निरन्तर साथ र सहयोग प्रेरणादायी रहँदै आएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!