बेलायत। पैयुँ खोला मगर समाज युकेको वार्षिक भेटघाट कार्यक्रम विभिन्न विविध सांस्कृतिक कार्यक्रम तथा सम्मानका साथ भव्य रूपमा सम्पन्न भएको छ।
शनिबार १८ जुलाई २०२६ को दिन बेलायतको वेलिङस्थित सेन्ट माइकल चर्च हलमा आयोजित उक्त कार्यक्रममा नेपालबाट आएका लोकप्रिय एवं चर्चित कलाकारद्वय रुपी सिङजाली मगर र सरिष्मा राम्जाली मगरले आफ्नो धमाकेदार सांगीतिक प्रस्तुति मार्फत उपस्थित सम्पूर्णलाई मन्त्रमुग्ध पारेका थिए।
भेटघाट कार्यक्रमको विशेष अवसरमा समाजका विभिन्न विधाका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। जसमा शिक्षा क्षेत्रमा उपलब्धि हासिल गर्ने विद्यार्थीहरू, समाजमा उदाहरणीय कार्य गर्ने व्यक्तित्वहरू, नयाँ सदस्यता लिएका सदस्यहरू र समाजका निवर्तमान कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई खदा लगाएर सम्मान गरिएको थियो।
प्यूखोलापैयुँ खोला मगर समाज युकेका अध्यक्ष नेत्र आलेको अध्यक्षतामा सम्पन्न उक्त औपचारिक कार्यक्रममा उपाध्यक्ष यम बहादुर थापा मगरले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने औपचारिक कार्यक्रम सचिव भक्त बहादुर थापा मगरले गर्नुभएको थियो।
उक्त विशेष वार्षिक उत्सव तथा भेटघाट कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ युकेका निवर्तमान अध्यक्ष गोमा राना मगर, मगर संघ युकेका पूर्वअध्यक्ष सुनिल राना, अन्तर्राष्ट्रिय पर्वत समाजका उपाध्यक्ष ढाका भट्टराई, लेफ्टिनेन्ट कर्नेल टोल खाम्चा मगर लगायत समाजका स्थानीय अग्रज, बुद्धिजीवी तथा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रमको अन्त्यमा अध्यक्ष नेत्र आले मगरले कार्यक्रममा उपस्थित भएर वार्षिक भेटघाट सब्य र भब्य पारिदिएकोमा उपस्थित सम्पूर्ण पाहुनाज्युहरु, समाजका परिवारहरु र कलाकारहरुलाई विशेष धन्यवाद दिएका थिए।







