क्याम्बरली नेपाली (गोरखा) संघद्वारा तीनदिने स्कटल्याण्ड भ्रमण भव्य रूपमा सम्पन्न

SHARE:

देब घले – क्याम्बरली, युके।

क्याम्बरली नेपाली (गोरखा) संघको आयोजनामा संघका ज्येष्ठ सदस्यहरूसहित ३४ जनाको टोलीले तीन दिने स्कटल्याण्ड भ्रमण सफलतापूर्वक सम्पन्न गरेको छ।

गत १७ देखि १९ जुलाई सम्म सञ्चालित उक्त भ्रमण अत्यन्तै रमाइलो, फलदायी र अविस्मरणीय रहेको भ्रमण दलका सदस्यहरुले जनाएको छन् । तीन दिने भ्रमणका मुख्य गतिविधिहरूमा पहिलो दिन क्याम्बरलीदेखि एडिनबराहसम्मको यात्रा भएको थियो। १७ जुलाई सरेस्थित क्याम्बरलीबाट ठूलो लक्जरी कोचमार्फत यात्रा प्रारम्भ गरिएको थियो। बाटोमा प्रसिद्ध स्याम्य लिङ मोनस्ट्रीको करिब दुई घण्टा अवलोकन तथा अध्ययन गरियो। तत्पश्चात ऐतिहासिक सहर एडिनबरा पुगेर मेडिया कोर्टमा भ्रमण दलको बसोबासको प्रबन्ध मिलाइएको थियो।

भ्रमणको दोस्रो दिन तथा १८ जुलाईको दिन एडिनबरा क्यासल र लोच लोमण्ड अवलोकन स्कटल्याण्डको ऐतिहासिक स्थल एडिनबराह क्यासलको भ्रमण गरियो। त्यसपछि टार्टन फ्याक्ट्री अवलोकन गर्दै सदस्यहरूले परम्परागत स्कटिश टार्टन सामग्री तथा पच्छ्यौरीहरू खरिद गरेका थिए । दिउँसो प्रसिद्ध पर्यटकीय गन्तव्य लोच लोमण्डको मनमोहक प्राकृतिक दृश्यको अवलोकन गरी टोली पुनः एडिनबरा फर्कियो।

भ्रमणको तेस्रो दिन तथा १९ जुलाईको दिन विन्डरमियर ताल र सफल भ्रमण भएको थियो। अन्तिम दिन टोली लेक डिस्ट्रिक्टस्थित विन्डरमियर तर्फ प्रस्थान गर्यो। त्यहाँ विन्डरमियर तालमा डुंगा सयर गर्दै मनोरम दृश्यहरूको आनन्द लिइयो। सोही साँझ क्याम्बरली सकुशल फर्केर टोलीका सदस्यहरूले सँगै विश्वकप फाइनल खेल हेर्दै भ्रमणको समापन गरिएको थियो ।

भ्रमण समुहका संयोजक क्याप्टेन देब घलेले भ्रमण दलका सम्पूर्ण सदस्यहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै भ्रमण अवधिभर देखाउनुभएको उच्च अनुशासन, हार्दिक सहयोग, सहकार्य र मित्रवत् व्यवहारका लागि संघले सम्पूर्ण सहभागी महानुभावहरूमा हार्दिक धन्यवाद व्यक्त गरेका थिए। साथै, यो भ्रमणलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सफल बनाउन योगदान पुर्‍याउनुहुने सबैप्रति विशेष कृतज्ञता प्रकट गरिएको छ।

भ्रमण दलमा क्याम्बरली नेपाली (गोरखा) संघ अध्यक्ष मेजर गणेश गुरुङ, आमा समुहका अध्यक्ष श्रीमती तुलसी घले, ट्रष्टी मेजर टेक गुरुङ, सल्लाहकारहरु क्याप्टेन नर गुरुङ लेफ्टिनेन्ट हरि गुरुङ आमा समुह उपाध्यक्ष रुपा गुरुङ लगायत ३४ जनाको सहभागिता रहेको थियो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!