लन्डन । वैदेशिक रोजगारीमा यूके पठाइदिने प्रलोभन देखाई १७ लाख रुपैयाँ ठगी गर्ने एक जना महिला पक्राउ परेकी छन् ।
वैदेशिक रोजगार विभागबाट जारी पक्राउ पुर्जीका आधारमा जिल्ला काठमाडौं महानगरपालिका–१७ बस्ने ३२ वर्षीया पूजा शाहीलाई काठमाडौंको माइतीघरबाट पक्राउ गरिएको हो । उनीविरुद्ध यूके पठाइदिने भन्दै एक जना पीडितबाट १७ लाख रुपैयाँ ठगी गरेको आरोप छ ।
पक्राउ परेकी शाहीमाथि थप अनुसन्धान भइरहेको नेपाल प्रहरीले जनाएको छ।






