घाँसी खडकबहादुर ठाडा मगरको सालिक तोडफोडमा संलग्नमाथि कारबाहीको माग

SHARE:

काठमाडौं । जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानले घाँसी खडकबहादुर ठाडा मगरको सालिकको शिर छेदन गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै दोषीमाथि कडा कारबाहीको माग गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष सञ्जोग लाफा मगरले शुक्रबार (साउन ८)मा प्रेस विज्ञप्ति जारी गर्दै मध्यनेपाल नगरपालिका–४, रम्घा, भानुघाँसी पार्कमा रहेको घाँसी ठाडा मगरको सालिक अज्ञात समूहले तोडफोड गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

‘नेपाल बहुजाति, बहुभाषी मुलुक भनेर नेपालको संविधानले आत्मसात गरिएको सर्वविदितै छ । तसर्थ घाँसी ठाडा मगरको सालिकको शिर छेदनले २० लाख मगरको आत्मसम्मानमा ठेस पुर्‍याएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘मुलुकको विषम परिस्थितिमा जातीय धार्मिक युद्ध उन्मुख गराउन अज्ञात शक्तिहरु सक्रिय भइरहेकाले संयमता अपनाइ विवेकपूर्ण विरोधसहित शान्तिपूर्ण आन्दोलन गर्न आह्वान गर्दछौं ।’

प्रतिष्ठानले घटनाको शीघ्रातिशीघ्र निष्पक्ष छानबिन गरी दोषीलाई कडाभन्दा कडा कारबाही गर्न सरकारसँग माग गरेको छ । साथै, तोडफोड गरिएको सालिक यथाशीघ्र पुनर्निर्माण गर्न सम्बन्धित निकायसँग आग्रह गरिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!