काठमाडौं । आगामी रणनीति तय गर्न भन्दै साना राजनीतिक दलहरु सामूहिक छलफलमा जुटेका छन् ।

नेपाल लोकतान्त्रिक पार्टीको आयोजनामा मुलुकको वर्तमान राजनीतिक घटनाक्रमको सन्दर्भमा ती पार्टी अन्तरपार्टी छलफल कार्यक्रममा जुटेका हुन् । छलफल लोकतान्त्रिक पार्टीको केन्द्रीय कार्यालय चुनदेवीमार्ग महाराजगन्जमा भएको महासचिव देवबहादुर दुराले जानकारी दिए ।
कार्यक्रममा सरकार र संसाद बाहिरा भएको लोकतन्त्रको मूल्य मान्यतामा आधारित करिव १५ वटा दलका अध्यक्ष तथा प्रतिनिधिहरु सहभागी थिए ।
। तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छेदार कांग्रेसमा फर्किएपछि केही केन्द्रीय सदस्य र थरुहट तराई पार्टीका भानुराम थारु लगायतले लोकतान्त्रिक पार्टी स्थापना गरेका हुन् ।
भानुराम थारु अध्यक्ष, शिवलाल थापा वरिष्ठ नेता रहेको लोकतान्त्रिक पार्टीले केही साताअघि मात्रै निर्वाचन आयोगबाट दल दर्ताको मान्यता पाएको छ । पार्टी नेता, कार्यकर्ताको माग बमोजिम नमस्कार चुनाव चिह्न लिने विषयमा निर्वाचन आयोगसँग छलफल भइरहेको वरिष्ठ नेता थापाले बताएका छन् ।






