काठमाडौं ।नेपाल तामाङ घेदुङ र तामाङ संघसंस्थाहरुबीच अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल तामाङ घेदुङ संघीय समितिको आयोजनामा शनिबार साउन ९ मा अध्यक्ष रामकृष्ण ब्लोन तामाङको अध्यक्षता चुच्चेपाटीस्थित घेदुङको कार्यालयमा अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रमका वक्ताहरुले तामाङको धर्म, संस्कार–संस्कृति संरक्षणमा रहेका चुनौती सामना गर्न र तामाङ आन्दोलानका विविध विषयमा सकार्य र समन्वय गर्दै एकजुट भइ अगाडि बढ्ने प्रतिबद्धता जनाएका वरिष्ठ उपाध्यक्ष सन्चु ब्लोन तामाङले जानकारी गराए । उनका अनुसार वक्ताहरुले तामाङ घेदुङलाई अमूल्य सुझावहरुसमेत प्राप्त भएको छ ।
कार्यक्रममा तामाङ अध्ययन प्रतिष्ठानका अध्यक्ष एवं नेपाल तामाङ घेदुङका सल्लाहकार डा. मुक्तसिं लामा, छ्योर्तेन टासी केन्द्रीय तामाङ गुम्बाका अध्यक्ष हरिबहादुर बल, थिङ समाजका उपाध्यक्ष डा. कमल थिङ, तामाङ कलाकार संघका महासचिव खेम मोक्तान, ओम तामाङ सुःख दुःख गुठीका अध्यक्ष सुरज रुम्बा, ताम्बा संघ नेपालका अध्यक्ष धावावाङगेल मोक्तान, सामाखुसी तामाङ परिवारका सदस्य बाबुराम तामाङले धारणा राखेका थिए ।
यसैगरी तामाङ पत्रकार संघका अध्यक्ष नेत्र तामाङ, तामाङ डाजाङका अध्यक्ष फुलकुमार बम्जन, झ्यामेङ लामा प्रतिष्ठानका संरक्षक सिता गोले, फर्सिडोल तामाङ जागृति समाजका अध्यक्ष तुलाबहादुर तामाङ, घिसिङ समाजका अध्यक्ष एल.बि. घिसिङ, ब्लोन थेमेका संयोजक कुमार ब्लोन, गोले वंश उत्थान समाजका अध्यक्ष मिनप्रसाद गोले, ग्लान समाजका अध्यक्ष अर्जुन ग्लान, तामाङ चलचित्र निर्देशक संघका अध्यक्ष केबी घिसिङ, तामाङ सहायता समाज (ल्होज्याङ)का अध्यक्ष योगेन्द्र रुम्बा र पवित्र पाल्दोर समाजकी सदस्य मंग तामाङ पनि सहभागी थिए ।
कार्यक्रममा सहभागी अध्यक्ष तथा प्रतिनिधिहरुलाई अध्यक्ष ब्लोनले धन्यवाद दिएका छन् । वरिष्ठ उपाध्यक्ष तामाङले शनिबारको कार्यक्रममा छुटेका थुप्रै संस्थाहरुसँग फेरि चाँडै संवाद गरिने जानकारी गराइन् ।














