फोटो पत्रकार मिलन तमुको रोधी घरको आंगन भाग २ कौरा गीतको घाचोकमा छायांकन

SHARE:


हुम तमु

पोखरा  । कास्की जिल्ला माछापुच्छे गाउँपालिका रिभान गाँउ भई युकेमा कार्यरत वरिष्ठ फोटो पत्रकार मिलन तमुको दोश्रो प्रस्तुति रोधीघरको आँगन भाग २ कौरा गीतको मंगलवार घाचोकमा छायांकन गरिएको छ।

बेलायती सैनिक भई तमु धिं युकेको कार्यसमिति सदस्य समेत रहेका निर्माता मिलन तमुको शब्द रहेका कौरा गीतको माछापुच्छे गाउपालिका घाचोकस्थित माछापुच्छे भिलेज इनमा छायांकन गरिएको हो।

त्यो लाली जोवन कल्लाई साचेको बोलको गीतमा आर.के. गुरुङ र तारा श्रीस मगरले स्वर दिएका छन् । गीतको छायाकंनमा कोरियोग्राफी पवित्रा तमु र छायांकन प्रकाश(कास) तमुले गरेका छन् भने गुरुङ चलचित्रका नायक नायिका, कलाकारहरुले म्युजिक भिडियोमा साथ दिएका छन्।

गतवर्ष रोधी घरको आँगन कौरा गीत प्रस्तुत गरेका मिलन तमुले नेपाली मौलिक लोक सँस्कृतिलाई संरक्षण सवद्र्धनका लागि रोधी घरको आँगन भाग २ को छायांकनमा जुटेको बताए । सबैको साथ, माया र हौसलाकै कारण आफुले सांगितीक क्षेत्रमा केही योगदान पुर्याउन जमर्को गरेको उनको भनाई छ।

तमु धिं युकेको अफिसियल फोटो ग्राफर समेत रहेका मिलन तमुलाई छायांकनस्थलमै पुगेर तमु धिं युकेका अध्यक्ष ज्ञाम तमु, आमा अध्यक्ष प्रेमा तमु, उपाध्यक्ष हितकाजी तमु, सीता तमु, निर्वतमान अध्यक्ष रामचन्द्र सुर्य तमु, संस्थापक अध्यक्ष मिनप्रसाद तमु, सल्लाहकार तथा क्होला सोंथर अध्ययन भ्रमणका संयोजक एकेन्द्र तमु, सल्लाहकार जुमकाजी तमु, सल्लाहकार तथा कोने घोताने परिवार युकेका अध्यक्ष नरजंग तमु सल्लाहकार ओमेन्द्र तमु, कार्यसमिति सदस्य श्रीप्रसाद तमु, भिम तमु, जगत तमुले साथ दिएका थिए । यसरी नै तमु धिं नेपालका महासचिव गिरीप्रसाद तमु, द्धितिय उपाध्यक्ष हुमबहादुर तमु, तमु प्ये ल्हु संघ महिला समितिका केन्द्रीय अध्यक्ष पुष्पा तेल्मै तमु, युवा समिति अध्यक्ष शुक्रराज सरब्ज तमु, तमु प्ये ल्हु संघ जिल्ला सदस्य फोटो पत्रकार मनि लाल सरब्ज तमु, ह्वाइट लोटसका दिपक तमु समेत साथ रहेको थियो ।

सर्जक मिलन तमुलाई तमु धिं युके परिवार तथा क्होला सोंथर अध्ययन भ्रमण टोलीका तर्फबाट तमु धिं युकेका अध्यक्ष ज्ञाम तमु, क्होला सोंथर अध्ययन भ्रमण टोलीका संयोजक तथा तमु धिं युकेका सल्लाहकार एकेन्द्र तमु लगायत तमु धिं परिवारका तर्फबाट भाङ्ग्रा, फेटा, खादाबाट बधाई ज्ञापन गर्दै मायाको चिनो प्रदान गरिएको थियो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!