लन्डन । घलेली क्रोगीलामा परिवार यूकेको वार्षिक भेटघाट साथै पितृ पूजा कार्यक्रम गत वर्ष जस्तै गरी शनिबार १ अगस्ट २०२६ सम्पन्न भएको छ ।
कार्यक्रम अध्यक्ष रामचन्द्र गुरुङ र ज्येष्ठ नागरिक वरिष्ठ सल्लाहकार समाजसेवी प्रेम गुरुङ, वरिष्ठ समाजसेवी कप्तान एकनारायण गुरुङले दीप प्रज्वलन,पितृ पूजा गरी सुरु गरेका थिए । कार्यक्रम सचिव राजबहादुर गुरुङले संचालन गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष मिनबहादुर गुरुङ राखेका थिए ।

कार्यक्रममा घलेली क्रोगीलामा परिवार यूकेका ज्वाइँ हेडक्टर ब्रिगेड अफ गोर्खाज्का मेजर अनिल गुरुङ र छोरी सुषमा गुरुङ,स्टाफ सार्जन्ट सुनील गुरुङ,आरती गुरुङ,भान्जा कर्पोरल ध्रुव गुरुङ, लीना गुरुङ,लांस कर्पोरल सुरेन्द्र गुरुङ र सुषमा गुरुङ, लांस कर्पोरल पार्वती गुरुङलाई पदोन्नति भएकोमा बधाई दिइएको थियो ।
तमु लम परिवार यूकेका नवनिर्वार्चित अध्यक्ष रामचन्द्र गुरुङ, बुद्धिष्ट कम्युनिटी सेन्टर यूकेकी नवनिवर्चित आमा समूह अध्यक्ष शारदा गुरुङलाई बधाई दिने कार्यक्रम रह्यो । साथै हङकङबाट यूके आएकी समाजसेवी सफल व्यवसायी विशाल गुरुङ, तारा गुरुङलाई स्वागत गरेका थिए ।
उच्च शिक्षा हासिल गरेको उपलक्ष्यमा बिनी गुरुङलाई बधाई दिइएको थियो ।
भाइखलक,चेली बेटी,छोरीज्वाई,भान्जाभन्जीको उपस्थित्ति थियो । कोषाध्यक्ष उज्वलले खानापिनको राम्रो बन्दोबस्त मिलाएको थियो । मिन साइँलाले राफल ड्र को कार्यक्रम संचालन गरेका थिए । मेजर अनिल गुरुङले बिंगो कार्यक्रम संचालन गरेका थिए ।
बुहारी शान्ति,प्यारी, नातिनी ममुना,नोरा,अनीसा पार्वतीले नृत्य प्रस्तुत गरेर भरपुर मनोरन्जन दिलाएका थिए । साथै कलाकार कृष्ण सुवेदीले बेजोड सांगीतिक प्रस्तुति दिएका थिए ।
कार्यक्रमको अन्तमा अध्यक्ष रामचन्द्र गुरुङले मेजर अनिल गुरुङले ससुराली खलकलाई ५५० पाउन्ड सहयोग दिएकोमा धन्यवाद तथा आभार व्यक्त गर्दै सबैलाई उपस्थित र सहयोगीलाई पनि धन्यवाद दिए ।


















