काठमाडौं । वैदेशिक रोजगारीका नाममा आकर्षक आम्दानीको प्रलोभन देखाई लाखौं रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई काठमाडौं शंखमुलबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धनुषाको जनकनन्दिनी गाउँपालिका–२ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–३१ शंखमूल बस्दै आएका २६ वर्षीय रिगबान शेष रहेका छन्। उनले एक जनालाई बेलायत (यूके) पठाइदिने भन्दै ७ लाख रुपैयाँ ठगी गरेको आरोप छ।
यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका–११ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–३१ शंखमूल बस्दै आएका ४४ वर्षीय नवराज भट्ट पनि पक्राउ परेका छन् । उनले एक जनालाई क्रोसिया पठाइदिने भन्दै ८ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोप लागेको छ।
प्रहरीका अनुसार दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको छ।






