हिमपहिरोमा मृत्यु भएका निर्मल पुर्जाको सम्झनामा शोकसभा सम्पन्न

SHARE:

लन्डन – प्रेम गाहा मगर नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (‘निम्स दाइ’) तथा ब्रोड पिक हिमपहिरो दुर्घटनामा ज्यान गुमाएका अन्य हिमाल आरोहीहरूको स्मृतिमा मंगलबार, ४ अगस्ट २०२६ का दिन बेलायतको अल्डरसटस्थित प्रिन्सेस गार्डेन (प्रथम नेपाली भिक्टोरिया क्रस विजेता लालबहादुर थापा मगरको सालिक परिसर) मा भव्य शोकसभा सम्पन्न गरेको छ।

कार्यक्रमको सुरुमा स्वर्गीय पुर्जाको तस्बिरमा माल्यार्पण, दियो प्रज्वलन र दुई मिनेटको मौन धारणसहित श्रद्धाञ्जली अर्पण गरिएको थियो। मौन धारणको अवधिमा संगीतकार मेसहादुर तामाङले अत्यन्तै भावुक ब्याकपाइप धुन प्रस्तुत गरेका थिए।

कार्यक्रम संयोजक तथा एनआरएनए यूकेका वरिष्ठ उपाध्यक्ष तीर्थबहादुर मल्लले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने हिन्दु, बौद्ध र क्रिस्चियन धर्मका गुरुहरूसँगै रसमर बोरो काउन्सिलका उपमेयर जीव बेलवासे र ब्रिटिश आर्मीका तर्फबाट क्वीन्स गोरखा सिग्नल्सका गोर्खा मेजर (मेजर विवेकजंग शाह, एमभीओ, एमबीई) ले मृतकहरूको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका थिए। कार्यक्रम संस्थाका महासचिब जुरेन्द्र लिम्बुले संचालन गरेका थिए।

मृतकको परिवारका तर्फबाट साइला दाजु कमल पुर्जाले एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा लगायत सम्पूर्ण कार्यसमिति र उपस्थित महानुभावहरूलाई धन्यवाद ज्ञापन गरेका थिए। त्यस अवसरमा एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहाले स्वर्गीय पुर्जालाई ‘महामानव’ को संज्ञा दिँदै नेपाल सरकारले जीवित रहँदा उनलाई नेपाली नागरिकताको प्रमाणपत्रको विषयमा अनावश्यक सास्ती दिएको गुनासो व्यक्त गरेका थिए।

बेलायतस्थित नेपाली समुदाय, विभिन्न सामाजिक संघसंस्था तथा पर्वतारोहणप्रेमीहरूको हजारौंको संख्यामा उपस्थिति रहेको उक्त शोकसभाले दिवङ्गत आरोहीहरूप्रति उच्च सम्मान प्रकट गरेको छ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!