विश्व आदिवासी दिवसको तयारीमा जुट्यो नेपाल तामाङ घेदुङ

SHARE:

युनिकरक्षे ग्लान तामाङ
काठमाडौं । ३२औँ विश्व आदिवासी दिवसको अवसरलाई भव्य, सभ्य र प्रभावकारी रूपमा सम्पन्न गर्ने उद्देश्यका साथ नेपाल तामाङ घेदुङले तयारी तथा समन्वय बैठक सम्पन्न गरेको छ।

काठमाडौंको बौद्ध चुच्चेपाटीस्थित नेपाल तामाङ घेदुङको संघीय कार्यालय सभाहलमा बुधबार आयोजित बैठक चाडपर्व समन्वय प्रमुख तथा संघीय सचिव उषा वाईबाको अध्यक्षतामा सम्पन्न भएको हो।

बैठकमा नेपाल तामाङ घेदुङका सह-अध्यक्ष सरोज मोहन तामाङ प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष सन्चु ब्लोन, उपाध्यक्षहरुमा पासाङ मोक्तान, दिना लामा, दिनोश लो-तामाङ र विना माम्बा, महासचिव लिलाकुमार ग्लान-तामाङ, उपमहासचिवद्वय विलाम मोक्तान र श्रमिक लामा–तामाङ, संघीय सदस्यहरू, विभिन्न विभागीय प्रमुखहरू, भातृ संगठनका प्रतिनिधिहरू, उपत्यकाका तीन जिल्लाका प्रतिनिधिहरू तथा स्थानीय तहका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

बैठकमा साउन २४ गते नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद सचिवालय मुल आयाेजक समितिले काठमाडौंको खुल्लामञ्चमा खुल्ला रुपमा आयोजना गर्न लागिएको ३२औँ विश्व आदिवासी दिवसलाई भव्य र प्रभावकारी रूपमा सम्पन्न गराउन नेपाल तामाङ घेदुङले खेल्नुपर्ने भूमिका, विभिन्न तहका संगठनहरूको जिम्मेवारी, समन्वय तथा सहभागिताका विषयमा विस्तृत छलफल भएको थियो। सहभागीहरूले कार्यक्रमलाई सफल बनाउन आ–आफ्नो सुझाव, धारणा र प्रतिबद्धता व्यक्त गरेका थिए।

बैठकले विश्व आदिवासी दिवसलाई तामाङ समुदायको भाषा, कला, संस्कृति, पहिचान, अधिकार र एकताको सशक्त सन्देश प्रवाह गर्ने अवसरका रूपमा उपयोग गर्दै भेषभुषा आफ्नो मौलिक पहिचान सहित व्यापक जनसहभागिता गराउँदै दिवसलाई सफल बनाउन सबै तहका संगठन र प्रतिनिधिहरूलाई सक्रिय रूपमा परिचालन गर्ने र सहभागीता जनाउने जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!