लन्डन । बेलायतमा रहेका पाँचथरवासीको संस्था पाँचथर समाज सेवा यूकेले यस वर्ष पनि वार्षिक भेटघाट तथा सांगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ।
कार्यक्रम यही २३ अगस्ट २०२६ (आइतबार)मा बेलायतको फार्नबरो फुटबल क्लबमा आयोजना हुने अध्यक्ष नगेन्द्रराज नेम्वाङले जानकारी दिएका छन् । उनका अनुसार कार्यक्रम बिहान १० बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ।
कार्यक्रममा चर्चित गायक राजेन्द्र केरुङ र गायिका दिपा सुहाङले सांगीतिक प्रस्तुति दिनेछन्।
कार्यक्रममा बेलायतमा रहेका पाँचथरवासीसहित नेपाली समुदायको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ। कार्यक्रममा सहभागी हुन प्रवेश शुल्क २५ पाउन्ड निर्धारण गरिएको छ। थप जानकारीका लागि आयोजकले अध्यक्ष नगेन्द्रराज नेम्वाङ तथा महासचिव पारु राईलाई सम्पर्क गर्न आग्रह गरेको छ।
कार्यक्रमले बेलायतमा रहेका पाँचथरवासीबीच आपसी सम्बन्ध सुदृढ गर्नुका साथै नेपाली कला, संस्कृति र सांगीतिक परम्पराको प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास लिइएको छ।






