अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन विदेशबाट फर्कने नेपालीलाई आग्रह

SHARE:

काठमाडौँ । नेपाल सरकारले विदेशबाट नेपाल आउने नेपालीलाई अपरिचित व्यक्ति, दलाल वा अन्य व्यक्तिको प्रलोभनमा परी सुन, बहुमूल्य धातु तथा अन्य सामान नेपाल नल्याउन विशेष आग्रह गरेको छ ।

नेपाल प्रहरी त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विशेष अनुरोध जारी गर्दै विगत केही दिन यता दुबइ, कतारलगायत मुलुकमा काम गरी स्वदेश फर्कने केही नेपालीलाई अपरिचित व्यक्ति, दलाल तथा अन्यले आर्थिक प्रलोभनमा पारेर सुनका बिस्कुट, बहुमूल्य धातु तथा अन्य सामान नेपाल पठाउने गरेका बताइको छ ।

उक्त कार्यालयले यस्ता कार्य कानूनविपरीत हुने तथा यस सम्बन्धमा विमानस्थल सुरक्षा कार्यालयले अनुसन्धान तथा कानुनी कारबाही गरिरहेको जनाउँदै अवैध ओसारपसारमा संलग्न भएमा कारबाही हुने चेतावनी दिएको छ ।

कार्यालयले अपरिचित व्यक्ति, दलाल वा अन्य कसैको प्रलोभनमा परी सुन, बहुमूल्य धातु वा अन्य सामान नेपाल नल्याउन, आफ्नो सामान तथा झोलामा भएका वस्तुको वास्तविक विवरणको जानकारी राख्न, खरिद बिल तथा आवश्यक कागजात सुरक्षित राख्न, भन्सारसम्बन्धी प्रचलित कानुनको पालना गर्न तथा दलालको प्रलोभनबाट टाढा रहन आग्रह गरेको छ ।

साथै, विमानस्थलमा कुनै शङ्कास्पद गतिविधि वा प्रलोभनसँग सम्बन्धित सुरक्षा जोखिम देखिए तत्काल सुरक्षा निकायलाई जानकारी गराउन पनि कार्यालयले अनुरोध गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!