काठमाडौँ । नेपालका सरकारी कर्मचारीको बढेको तलब साउनदेखि लागू भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले राष्ट्रसेवक कर्मचारीहरुको नयाँ तलबमान स्वीकृत गरेर पठाइसकेको जनाएको छ । अर्थ मन्त्रालयले साउन ६ गते पठाएको नयाँ तलबमान क्याबिनेटले १५ दिनपछि स्वीकृत गरेर पठाएको हो ।
नयाँ तलबमान अनुसार अब सबैभन्दा बढी मुख्यसचिवले ९० हजार ५९४ रुपैयाँ तलब पाउनेछन् भने सबैभन्दा कम प्रथम स्तरका कार्यालय सहयोगीले २८ हजार ९ सय ८४ रुपैयाँ पाउनेछन् ।
त्यस्तै, नेपाली सेनाका प्रधानसेनापतिले पनि मुख्यसचिवसरह तलब पाउँदा प्रहरी महानिरीक्षकको तलब ८४ हजार ५ सय ७६ रुपैयाँ हुनेछ ।
आर्थिक वर्ष २०८३/०८४ को बजेट भाषण गर्दा अर्थमन्त्री स्वर्णिम वाग्लेले साउनदेखि लागू हुनेगरी कर्मचारीको तलबमा १० प्रतिशत र प्रोत्साहन भत्ता भनेर १० प्रतिशत वृद्धि गरेका थिए । पेन्सनधारीको हकमा भने अब १० प्रतिशत वृद्धि हुनेछ ।
हेरौं, नयाँ तलबमानको सूची







