बेलायतमा बर्न्ट ओक नेप्लिज कम्युनिटीले ज्येष्ठ नागरिकलाई सम्पदा भ्रमण गराउँदै

SHARE:

लन्डन। बर्न्ट ओक नेप्लिज कम्युनिटीले ज्येष्ठ नागरिकहरूको सामाजिक सहभागिता, ऐतिहासिक ज्ञान अभिवृद्धि र अन्तरसमुदायिक सम्बन्ध सुदृढ गर्ने उद्देश्यले ‘सिनियर सिटिजन्स हेरिटेज भिजिट’ कार्यक्रम आयोजना गर्ने भएको छ।

यही १२ अगस्ट २०२६ (बुधबार) लन्डनस्थित इम्पेरियल वार म्युजियममा हुने भ्रमणमा ५५ वर्ष वा सोभन्दा माथिका ज्येष्ठ नागरिकहरूले सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ । भ्रमणका सहभागीहरूका लागि आरामदायी कोच यातायात, संग्रहालय प्रवेश, गाइडसहितको अवलोकन तथा नेपाली खानाको व्यवस्था निःशुल्क गरिएको आयोजकले जनाएको छ। सहभागीले कुनै पनि रकम बुझाउनु पर्ने छैन ।

कार्यक्रमअन्तर्गत बिहान ९:३० बजे ‘साझा घर’मा भेला भई १०:०० बजे प्रस्थान गरिनेछ भने साँझ ५:०० बजे फर्किने तालिका रहेको छ।

समुदायले इतिहासको अध्ययनसँगै विभिन्न संस्कृतिबीच आपसी सम्बन्ध विस्तार, मित्रता र सम्झनायोग्य अनुभव साटासाट गर्ने अवसरका रूपमा कार्यक्रमलाई अघि बढाइएको जनाएको छ। “हाम्रा ज्येष्ठ नागरिक र भावी पुस्तालाई जोड्ने प्रयास” भन्ने नारासहित आयोजना गरिएको कार्यक्रममा सीमित सिट भएकाले इच्छुक ज्येष्ठ नागरिकलाई समयमै नाम दर्ता गराउन आग्रह गरिएको छ।

कार्यक्रमका लागि आर्ट्स डिपोर्टको आर्थिक सहयोग तथा ईस्मी फियरब्रेन फाउन्डेशनको सहकार्य रहेको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!