फोनिज गण्डकीमा स्थापित ‘कञ्चन पत्रकारिता पुरस्कार’बाट खेम सारु मगर र गोपाल जिटी सम्मानित

SHARE:

गण्डकी । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज), गण्डकीमा स्थापित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८३’ बाट कास्कीका पत्रकार खेम सारुमगर र स्याङ्जाका गोपाल जिटी सम्मानित हुनुभएको छ ।

बिहीबार पोखरामा आयोजित पुरस्कार वितरण समारोहमा कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ र पुरस्कार कोषका दाता विमलमान गुभाजुले जनही २५ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरे ।

सारुमगर सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, प्रादेशिक प्रसारण केन्द्र, पोखरामा र जिटी प्रमाण मिडिया ग्रुप प्रालिअन्तर्गतको प्रमाण न्यूज साप्ताहिक र प्रमाण अनलाइनमा कार्यरत छन् । ‘फोनिज’को २७ औँ स्थापना दिवसका अवसर पारेर पत्रकारद्वयलाई पुरस्कृत गरिएको ‘फोनिज’ गण्डकीका अध्यक्ष खिमा गुरुङले जानकारी दिइन् ।

पोखराका व्यवसायी विमलमान गुभाजु र उनको परिवारले आफ्ना बाबुआमा वेदमान गुभाजु र नेत्रकुमारीको स्मृतिमा यो पुरस्कार स्थापना गरेका हुन् । यसअघि उक्त पुरस्कारबाट कास्कीका रुद्रबहादुर थापा, शान्ति गुरुङ, उदयबहादुर अमात्य, हुमबहादुर तमु, दीपेन्द्र श्रेष्ठ, राम गुरुङ, बागलुङका राजेशचन्द्र राजभण्डारी, नवलपुरका केबी राना, लमजुङका आश गुरुङ, मुस्ताङका सुन्दरकुमार थकाली, नवलपुरकी कमला राना र गोरखाका कैलाशबाबु श्रेष्ठ सम्मानित भइसकेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!