३२औँ अन्तर्राष्ट्रिय आदिवासी दिवसको तयारी पुरा

SHARE:

बेलायत – नेपाल आदिवासी जनजाति (नेफिन) युकेद्वारा आयोजना भैरहेको ३२औँ अन्तर्राष्ट्रिय आदिवासी फेस्टिभल फेयर २०२६ को तयारी पुरा भएको नेफिन युकेका अध्यक्ष मेजर योगेश कोयी राइले जानकारी दिएका छन्।

उक्त ३२औँ अन्तर्राष्ट्रिय आदिवासी फेस्टिभल फेयर २०२६ बेलायतको वकिङस्थित किरात हाउसमा आगामी शनिबार, ०८ अगस्ट २०२६ का दिन आयोजना हुने भएको छ।

“विविधताको उत्सव, परम्पराको संरक्षण, र एकताको प्रवर्द्धन” भन्ने नारासहित आयोजित यस कार्यक्रममा सहभागी हुन नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युकेले सम्पूर्ण समुदायका सदस्यहरू, परिवार तथा इष्टमित्रहरूलाई हार्दिक निमन्त्रणा गरेको छ।

संस्कृति, मनोरञ्जन, खेलकुद र आपसी भेटघाटले भरिपूर्ण हुने यस कार्यक्रममा भलिबल प्रतियोगिता, आर्चरी (धनुषवान) प्रतियोगिता, झाँकी प्रतियोगिता, कलाकारहरूद्वारा सांगीतिक प्रस्तुतिहरू, तथा खानाका स्टलहरू, सांस्कृतिक प्रदर्शनी र सामुदायिक नेटवर्किङ मुख्य आकर्षणका रूपमा रहनेछन्।

संस्कृति र परम्पराको संरक्षण तथा आपसी एकताको भावनालाई प्रवर्द्धन गर्न यस भव्य दिनमा उपस्थित भई शोभा बढाइदिनुहुन नेफिन युके महासचिब फ्रम बहादुर दुराले सबैमा हार्दिक अनुरोध गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!