तनहुँ समाज युकेको वार्षिक भेटघाट कार्यक्रम पुर्णरुपमा तयारी

SHARE:

बेलायत – तनहुँ समाज युकेको १९ औं वार्षिक भेटघाट तथा बिबिक्यू कार्यक्रम पुर्णरुपमा तयारी भएको समाजका अध्यक्ष सन्त बहादुर गुरुङले जानकारी दिएका छन्।

तनहुँ समाज युकेको आयोजनामा आगामी शनिबार, ८ अगस्ट २०२६ का दिन बेलायतको अल्डरशटस्थित अल्डरवुड लेजर सेन्टर (Alderwood Leisure Centre) मा १९औँ वार्षिक भेटघाट तथा बिबिक्यु कार्यक्रम भव्य रूपमा सम्पन्न हुने भएको छ। “संस्कृति, भाषा र पहिचान : हाम्रो गौरव, हाम्रो अभियान” भन्ने मूल नाराका साथ आयोजित यस कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ।

कार्यक्रममा नेपालका वरिष्ठ लोकगायक प्रेमराजा महत, कौराहा किङ दुर्गा गुरुङ, लोक दोहोरी गायिका शर्मिला गुरुङ र रुपी सिंजाली मगरलगायतका ख्यातिप्राप्त कलाकारहरूको विशेष सांगीतिक प्रस्तुति रहनेछ। यसका साथै, तनहुँको लाइभ कौराहा/चुड्का, स्थानीय कलाकारहरू दिपु गुरुङ, मनसुधन थापा, पवन राना, प्रकाश समाज, थार्चरे पैली समूह, सबिता राना (नाना), गुनु थापा, याशिका थापा, माया मगर, सुरक्षा मगर, प्रतिमा आले, अर्चिता गौतम, सम्पदा राई, रोनिशा आले, गुराँस राना, सुनगाभा राना तथा तनहुँका विभिन्न क्षेत्रिय तथा गेसिय समाजहरूको बेजोड सांस्कृतिक प्रस्तुतिहरू कार्यक्रमका थप आकर्षणका रूपमा रहने समाजका महासचिब महेन्द्र आलेले जानकारी दिएका छन्।

कार्यक्रममा सुनचाँदी गहनाका पुरस्कार सहितको राफल ड्र, स्वादिष्ट नेपाली खानाका परिकारहरू (स्टार्टर र मेन कोर्ससहित) को व्यवस्था गरिएको छ। साथै, उच्चशिक्षा हासिल गरेका बाबु नानीहरू, नयाँ लाइफ मेम्बरहरू र विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याउनु भएका महानुभावहरूलाई सम्मान तथा प्रशंसापत्र वितरण गरिने कार्यक्रम रहेको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!