प्रधानमन्त्री बालेन शाहलाई सांसद मनिष झाको जवाफ : ‘महान् जनादेश पाएको सरकारमा कोही एक्लो छैन’

SHARE:

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले आफूहरु सरकारकै साथमा रहेको प्रधानमन्त्री बालेन शाहलाई जवाफ फर्काएका छन् ।

प्रधानमन्त्री शाहले शुक्रबार राति आफू एक्लै परेको सन्देशसहितको सामाजिक सञ्जालमा स्टाटस लेखेको विषयमा सांसद झाले शनिबार सामाजिक सञ्जालबाटै जवाफ लेखेका हुन् । ‘परिवर्तनको लागि यो महान् जनादेश पाएको सरकारमा कोही एक्लो छैन। हामी सबै साथमा छौँ।’

सत्तापक्षकै सांसद झा, रमेश प्रसाईं र विपक्ष सांसदहरुबाट बालेन सरकारको कार्यशैलीप्रति शुक्रबारको प्रतिनिधिसभा बैठकमा चर्को आलोचना भएपछि राति प्रधानमन्त्री शाहले स्टाटस् लेखेका थिए ।

‘केही समय लाग्छ, सही समय आउनलाई।
ढिला होला, तर गलत हुँदैन।
नआत्तिनुहोस्।
सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ।
कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलो चोटि होइन।’

सरकारको नियतमा शंका नरहे पनि ढंग नपुगेको भन्दै सांसद झाले संसद्मा टिप्पणी गरेका थिए । उनले खबरदारी गर्ने काम जारी राख्ने पनि दोहोर्‍याएका छन् । ‘हिजो सदनमा भनेको झैँ, नियत र आशयमा शङ्का छैन तर सुधार गर्नै पर्ने केही पक्ष छन्। यो महान् ऐतिहासिक अवसर खेर नजाओस् भनेर सजग रहने र सचेत गराउने काम निरन्तर रहनेछ। जननिर्वाचित सरकार जनताको साथमा हुनुपर्छ र म सकारको साथमा छु। यहाँ कोही एक्लो छैन,’ उनको स्टाटस्मा उल्लेख छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!