काठमाडौं । नेपालका लागि बेलायती राजदूत रोब फेनले गृहमन्त्री सुधन गुरुङसँग भेटवार्ता गरेका छन् । फेनले दूतावासको सामाजिक सञ्जालमा लेखेका छन्, ‘गृहमन्त्री माननीय सुधन गुरुङसँग भेटेर दुई देशबीचको लामो मित्रतालाई पुनः पुष्टि गर्न पाउँदा खुसी लाग्यो । विपद् पूर्वतयारी तथा प्रतिकार्य र आधुनिक प्रहरी व्यवस्थापनका क्षेत्रमा संयुक्त प्राथमिकताबारे छलफल भयो ।’
उनका अनुसार यी क्षेत्रमा बेलायतका सम्बन्धित संस्थासँग सहकार्य गर्दै समकक्षी–समकक्षी सम्बन्धका आधारमा सहयोग गरिनेछ । उनले यसलाई नयाँ नेपालसँग निर्माण भइरहेको लगानी तथा विशेषज्ञता साझेदारीको एक हिस्सा भन्दै यसबाट दुवै देशका जनतालाई लाभ पुग्ने बताएका छन् ।









